OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर १, २०७८काठमाडौं
४४२ पटक

१ मंसिर २०७८, बुधबार

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेशसभाको विश्वास छ भनी उहाँले राख्नुभएको प्रस्तावको पक्षमा ‍‍‍‍५० र विपक्षमा २९ मत परेको थियो ।

राईद्वारा प्राप्त मत प्रदेशसभामा तत्काल कायम रहेका सदस्यको बहुमत भएको प्रेदशसभा सभामुख प्रदीपकुमार भण्डारीले घोषणा गर्नुभयो । कुल ९० प्रदेशसभा सदस्यहरुमा सभामुख बाहेक आजको मतदानमा ७९ जना उपस्थित भएका थिए ।

मुख्यमन्त्री राईको पक्षमा उनको पार्टी नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरुले मतदान गरेका थिए ।

प्रदेशसभाका कुल ९२ सांसदमध्ये नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकएत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ जनाले मुख्यमन्त्री राईलाई विश्वासको मत दिएका छन् । उक्त मतदानमा प्रमुख विपक्षी दल नेकपा एमालेले भने विश्वासको मतको विपक्षमा मतदान गरेको थियो ।

प्रतिकृया दिनुहोस्