OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक २९, २०७८जुम्ला,
८६२ पटक

कात्तिक २९ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका उपकुलपति डाक्टर मंगल रावल र रजिष्ट्रार नृपेन्द्र महतलाई कामकाजमा नरोक्न अदालतले अन्तरिम आदेश दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक हप्ता अघिको काम काज रोक्नु भन्ने निर्देशन विरुद्ध उपकुलपति डाक्टर मंगल रावलले पाटन उच्च अदालतमा दर्ता गरेको रिट निवेदन उपर अदालतले काम नरोक्न आदेश दिएको हो ।
उच्च अदालत पाटनमा न्यायधीस भोजराज अधिकारीको ईजलासले अन्तरिम आदेश दिएको हो । आदेशमा सम्मानित सर्वोच्व अदालतबाट २०७७।१२।२० मा भएको अन्तरिम आदेशलाई आधार लिई मिति २०७८ कात्तिक २३ गते २०७७ चैत्र २२ गते नियूक्ति भएको निवेदकले गरेको कार्यहरु नगर्नु नगराउनु भनि स्वास्थ्य जनसंख्या मन्त्रालयको निर्णय भएको देखियो । मिति २०७८ साउन २५ मा २०७७ चैत्र २० मा अन्तरिम आदेश भएको निवेदन फिर्ता भई अन्तरिम आदेश समेत सोही मितिमा निस्कृय भएको हुदा निवेदनको अन्तिम निर्णय नभए सम्म २०७८ कात्तिक २३ को निर्णय कार्यान्वयन नगर्नु नगराउनु भन्ने उल्लेख छ ।
प्रमाण भएमा १५ दिनमा जवाफ दिन आदेश ः
उच्च अदालत पाटनले निवेदकको निवेदनको आधारमा आदेश जारी हुनु नपर्ने कुनै आधार कारण र प्रमाण भएमा १५ दिन भित्र अदालतमा पेश गर्न विपक्षीलाई आदेश गरेको छ । आदेशमा भनिएको छ, १५ दिन भित्र विपक्षीहरु १,३ र ४ को हकमा उच्च सरकारी कार्यालय मार्फत र विपक्षी २ को हकमा आफु वा आफ्नो कानूनी प्रतिनिधि मार्फत लिखित जवाफ पेश गर्नु भनिएको छ ।
यस अघि उपकुलपति रावल र रष्ट्रिार नृपेन्द्र महतलाई काम गर्न रोक लगाएपछि विकल्पको रुपमा काम गर्न शिक्षाध्यक्ष डाक्टर निरेश थापा र बरिष्ठ प्रशासकीय अधिकृत द्धोन्द्धबहादुर शाहीलाई निमित्तको जिम्मा दिई सरकारले काम सुचारु गरेको थियो ।


 उच्च अदालत पाटनले गरेको अन्तरिम आदेश तस्बिर  स्रोत:  कर्णाली प्रतिष्ठान

प्रतिकृया दिनुहोस्