OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही कार्तिक २७, २०७८जुम्ला,
८९३ पटक

कात्तिक २७ गते । तत्कालिन खस साम्राज्यको राजधानी सिञ्जाको लामाथाडामा सिञ्जा सभ्यताको वहश हुने भएको छ ।

कर्णाली प्रदेसभामा दर्ता भएको सिञ्जा संरक्षण तथा विकास विधेयकको यही २०७८ कात्तिक २८ गते सूझाव संकलन बिषयक कार्यक्रम आयोजना गरिएको छ । कर्णाली प्रदेश संसद सचिवालयले सिञ्जा सभ्यता विधेयकको बिषयमा बुद्धिजीव, अगुवा र स्थानीयको सूझाव संकलन तथा जानकारी बिषयमा कार्यक्रम आयोजना गरिएको कर्णाली प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री नरेश भण्डारीले जानकारी दिनुभयो ।

गत २०७८ साल असोज १० गते कर्णाली प्रदेशसभामा सांसद नरेश भण्डारीले दर्ता गराउनु भएको गैरसरकारी विधेयकको सूझाव संकलनका लागि टोली सुर्खेतवाट जुम्ला हिडेको बताईएको छ । टोलीले लामाथाडामा विधेयकलाई बृहत्तर बनाउन सूझाव संकलन गर्ने छ । जुम्लाका स्थानीय जनप्रतिनिधि, सरोकारवाला बुद्धिजीवि र स्थानीयवाट आवश्यक थप सूझाव संकलन गर्ने भएको छ ।

कर्णाली प्रदेश सभामा दर्ता भएको सो सिञ्जा संरक्षण तथा विकास विधेयकमा अहिले मुख्यमन्त्री अध्यक्ष रहेको एक उच्च स्तरीय सभाको गठन तथा राजनिति नियूक्तिमा उपाध्यक्ष पद समेत अहिले सृजना गरिएको छ ।

यसका साथै सिञ्जा क्षेत्रको संरक्षण र विकासमा विशेष टेवा पुरयाउने उद्देश्यले यो विधेयक अगाडी बढाईएको छ । जुम्ला प्रदेश (ख) सिञ्जा क्षेत्रमा सांसद पदम रोकाया, सांसद दिनवन्धु श्रेष्ठ सहितको समर्थन र सहयोगमा सांसद भण्डारीले विधेयक दर्ता गराएका थिए । सो विधेयक स्थानीय स्तरबाट सूझाव संकलन गर्न कात्तिक २८ गते विहान साढे १० बजे लामाथाडामा आई सूझाव दिन स्थानीय राजनैतिकदल, बुद्धिजिवी, नागरिक समाज सहित स्थानीयलाई पत्राचार गरिएको आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्