OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक २७, २०७८काठमाडौं
४५२ पटक

एजेन्सी लण्डन — विकीलिक्सका संस्थापक जुलियन असान्जले बेलायतस्थित जेलभित्रैबाट विवाह गर्ने भएका छन् । उनले हालै बेलायती अधिकारीहरूबाट यस्तो अनुमति पाएका हुन् ।

दुई सन्तानका बाबु असान्जले आफ्नी प्रेमिका स्टेला मोरिससँग विवाह गर्न लागेका हुन् । असान्जकी प्रेमिका मोरिसले यसलाई ‘राम्रो खबर’ भन्दै तस्बिर पनि सार्वजनिक गरेकी छन् । उनले जुलियन र आफूले अब बेलमार्श जेलमा विवाहको अनुमति पाएको जानकारी दिएकी हुन् ।

अष्ट्रेलियन नागरिक असान्ज अमेरिकी गोप्य कागजात चोरेको अभियोगमा हाल उच्च सुरक्षासहित लन्डनस्थित बेलमार्श जेलमा छन् । विकीलिक्सले बिहीबार विज्ञप्ति जारी गर्दै विवाह गर्नबाट रोकिएपछि असान्जको जोडीले कानुनी प्रक्रिया सुरु गरेको जनाएको छ । असान्जको कानुनी लडाइँको क्रममा २०१२ मा मोरिससँग भेट भएको थियो । साथै इक्वेडरको शरणमा रहँदा उनीहरूबीच निकटता भएको थियो ।

मोरिसले भनेकी छन्, ‘म आराम छु तर अझै पनि रिसाएकी छु कि हाम्रो विवाह गर्ने आधारभूत अधिकारमा अवैध हस्तक्षेप रोक्न कानुनी कारबाही आवश्यक थियो ।’ जेलका अधिकारीहरूका अनुसार असान्जको विवाहको अनुरोध पनि अन्य अभियुक्तहरूको झैं हेरिएको थियो ।

इक्वेडरको दूतावासमा शरणमा रहेका असान्जलाई २०१९ मा जबर्जस्ती निकालिएपछि उनी बेलायतको जेलमा राखिएका छन् । उनी २०१२ देखि नै इक्वेडरको शरणमा रहेका थिए ।

प्रतिकृया दिनुहोस्