OnlinePana

आज : २०८३ बैशाख २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कार्तिक २६, २०७८
९३४ पटक

२६ कार्तिक २०७८, शुक्रबार

कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख तिलक परियारले आज पदभार ग्रहण गर्नुभएको छ ।

पदभार ग्रहण गर्नुभएका प्रदेश प्रमुख परियारलाई कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही, सभामुख राजबहादुर शाही, प्रमुख सचिव राजकुमार शर्मा, सचिव तथा सुरक्षा निकायका प्रमुखहरुले स्वागत गर्नुभएको थियो । कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख सचिव श्रेष्ठले कर्णालीको भौगोलिक, सामाजिक, साँस्कृतिक तथा पूर्वाधार विकासबारे प्रदेश प्रमुख परियारलाई जानकारी गराउनुभएको थियो । उक्त स्वागत कार्यक्रममा बोल्दै प्रदेश प्रमुख परियारले संविधानले निर्दिष्ट गरेको काम, कर्तव्य र अधिकारप्रति दृढ रहेर सेवा दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

“कर्णालीवासीको र यहाको सम्पूर्ण विकासको सवालमा म निष्पक्ष र ईमान्दारिताका साथ काम गर्नेछु र त्यसमा यहाँहरुको साथ सहयोग रहनेछ,” उहाँले भन्नुभयो, “यहाँहरुको बीच आएका काम गर्ने अवसर पाउँदा मलाई खुशी र गौरव लागेको छ ।” ईतिहासले कर्णालीवासीका लागि काम गर्ने अवसर दिएको उहाँको भनाई थियो ।

नेपाल सरकारको यही कार्तिक २३ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशको प्रमुख तिलक परियारसहित १ नम्बर प्रदेशको प्रमुखमा परशुराम खापुङ र सुदूरपश्चिम प्रदेशको प्रमुखमा देवराज जोशीलाई नियुक्त गर्नुभएको थियो ।

नवनियुक्त तीनवटै प्रदेशका प्रमुखहरुले कार्तिक २५ गते राष्ट्रपति भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका थिए ।

प्रतिकृया दिनुहोस्