OnlinePana

आज : २०८१ कार्तिक ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक २६, २०७८सुर्खेत
६५२ पटक

२६ कार्तिक २०७८, शुक्रबार

कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख तिलक परियारले आज पदभार ग्रहण गर्नुभएको छ ।

पदभार ग्रहण गर्नुभएका प्रदेश प्रमुख परियारलाई कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही, सभामुख राजबहादुर शाही, प्रमुख सचिव राजकुमार शर्मा, सचिव तथा सुरक्षा निकायका प्रमुखहरुले स्वागत गर्नुभएको थियो । कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख सचिव श्रेष्ठले कर्णालीको भौगोलिक, सामाजिक, साँस्कृतिक तथा पूर्वाधार विकासबारे प्रदेश प्रमुख परियारलाई जानकारी गराउनुभएको थियो । उक्त स्वागत कार्यक्रममा बोल्दै प्रदेश प्रमुख परियारले संविधानले निर्दिष्ट गरेको काम, कर्तव्य र अधिकारप्रति दृढ रहेर सेवा दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

“कर्णालीवासीको र यहाको सम्पूर्ण विकासको सवालमा म निष्पक्ष र ईमान्दारिताका साथ काम गर्नेछु र त्यसमा यहाँहरुको साथ सहयोग रहनेछ,” उहाँले भन्नुभयो, “यहाँहरुको बीच आएका काम गर्ने अवसर पाउँदा मलाई खुशी र गौरव लागेको छ ।” ईतिहासले कर्णालीवासीका लागि काम गर्ने अवसर दिएको उहाँको भनाई थियो ।

नेपाल सरकारको यही कार्तिक २३ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशको प्रमुख तिलक परियारसहित १ नम्बर प्रदेशको प्रमुखमा परशुराम खापुङ र सुदूरपश्चिम प्रदेशको प्रमुखमा देवराज जोशीलाई नियुक्त गर्नुभएको थियो ।

नवनियुक्त तीनवटै प्रदेशका प्रमुखहरुले कार्तिक २५ गते राष्ट्रपति भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका थिए ।

प्रतिकृया दिनुहोस्