OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक २५, २०७८काठमाडौं
८८२ पटक

२५ कार्तिक २०७८, बिहीबार

नेपाल सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा सहायक प्राध्यापक डा.निरेश थापा नियुक्त हुनुभएको छ ।

प्रतिष्ठानका सहकुलपतिसमेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आज प्रतिष्ठानका शिक्षाध्यक्ष डा.थापालाई जिम्मेवारी दिनुभएको हो । उपकुलपतिको रुपमा कामकाज गर्ने गरी डा डा.थापालाई जिम्मेवारी दिईएको छ । मन्त्री खतिवडाले डा.थापालाई अर्को व्यवस्था नभएसम्म आर्थिक तथा प्रशासनिक अधिकार प्रयोग गर्ने गरी थापालाई जिम्मेवारी दिनुभएको मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखाका उपसचिव प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

मन्त्री खतिवडाले मंगलबार प्रतिष्ठानका उपकुलपति डा.मंगल रावल र रजिष्ट्रार नृपेन्द्र महतलाई दैनिक कामकाज गर्न रोक लगाउने निर्णय गर्नुभएको थियो ।

त्यसैगरी, आजै भएको मन्त्रीस्तरीय निर्णयले अर्को व्यवस्था नभएसम्मका लागि प्रतिष्ठानका प्रशासकीय अधिकृत द्वन्द्व शाहीलाई निमित्त रजिष्ट्रारको रुपमा कामकाज गर्न जिम्मेवारी दिएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालिन् प्राध्यापक डा.रामप्रसाद उप्रेतीले दिएको उजुरी अनुसार न्यायधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले निवर्तमान उपकुलपति डा.मंगल रावललाई काम नगर्न सर्वोच्च अदालतले विसं.२०७७ चैत्र २० गते शुक्रबार अन्तरिम आदेश जारी गरेको थियो । पछिल्लो समयमा भने युवा नेता जीवन बुढ्थापाले प्रतिष्ठानका निवर्तमान उपकुलपतिका विरुद्ध उजुरी दिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निवर्तमान उपकुलपति, रजिष्ट्रारसहितलाई मंगलबार हटाएको थियो ।

 

प्रतिकृया दिनुहोस्