OnlinePana

आज : २०८१ बैशाख ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,कार्तिक २२, २०७८जुम्ला,
८७६ पटक

कात्तिक २२ गते । नेकपा माओवादी केन्द्र जुम्लाका लागि दशै र तिहारको अवसरमा एक महत्वपूर्ण कार्यक्रम भयो । नेपाल राष्ट्रिय कर्मचारी संघले आयोजना गरेको शुभकामना कार्यक्रममा संघीय सांसद तथा माओवादी जुम्लाका ईन्चार्ज गजेन्द्र बहादुर महत र प्रदेश सांसद तथा पूर्व गृहमन्त्री नरेश भण्डारीको उपस्थिति थियो ।
कार्यक्रममा शुभकामना व्यक्त गर्ने मात्रै नभई महत्वपूर्ण तहमा रहेका नेतृत्व तहले माओवादीको हिजो, आज र भोलिको भविश्यका बिषयमा धारणा र सूझाव दिएका थिए । धेरै जसोले नेता महत र नेता भण्डारी मैदानमा सँगै बाक्लो रुपमा उत्रेको हेर्न पाउनुपर्ने सुझाव दिएका थिए । नेताद्धोयले अगुवा नेतृत्वको सुझावका भाव बुझेपछि भने खुलेरै आफुहरुमा अव गुट नभएको र नहुने तर अन्य नेता तथा शुभेच्छुकले पनि दुई नेतालाई झगडाउने प्रकारका वार नगर्न सुझाएका छन् ।

अव निर्वाचन नजिकिदै जाने समय लाग्दा भने सवै दलहरु आ आफ्नो संगठन मजवुद्ध गर्न गृहकार्य गरिरहेको समयमा जुम्लाको माओवादी पनि करिब छ महिना बढि समय देखी संगठन निर्माण गर्न मैदानमा उत्रिएको छ । नेपाली कांग्रेसले वडा, स्थानीय तह र प्रदेश निर्वाचन सकेर जिल्लाको निर्वाचनको तयारी भईरहेको समयमा माओवादी भने बस्ति स्तरमा गतिविधिमा उत्रिएको छ ।
माओवादी जिल्ला संयोजक विरबहादुर कुँवर सहित स्थानीय तहका ईन्चाज, अध्यक्ष सहित जिल्ला स्तरका नेता कार्यकर्ता लामो समयदेखी मैदानमा छन् । सांसद महत र भण्डारी महिनाको एक पटक जिल्ला फर्किएर स्थानीय तहमा गई पार्टीको कार्यक्रममा सहभागी भएको देखिन्छ ।

यो बिचमा स्थानीय तहका ईन्चार्ज र अध्यक्ष चयन गरेर मैदानमा उत्रिएका छन् । जिल्लाका वडाकमिटि समेत निर्माण शुरु गरिएको छ । सिञ्जा गाउँपालिका ईन्चार्ज पूर्णप्रसाद धितालका अनुसार माओवादी अव जिल्लामा नपुगेको कुनै बस्तिनै नभएको बताउनु हुन्छ । उहाँले जिल्ला करिब माओवादीमय भएको दावी गर्नुभयो । जिल्ला पार्टीका अनुसार जिल्लाका ६० वटा वडामा पार्टी र संगठनको कार्यक्रमहरु एक चरणमा सम्पन्न भएका छन् अर्को नयाँ नेतृत्व चयन गर्न वडाकमिटिहरु र गाउँकमिटिहरुको नेतृत्व शुरु गरिएको छ ।

माओवादीको भातृ संगठन अनेरास्ववियू क्रान्तिकारीको वडा, स्थानीय तहका सम्मेलन शुरु भएका छन् । अखिल नेपाल क्रान्तिकारी महिला संघको जिल्ला भर नेतृत्व चयन भएको छ । सवै तहका भातृ संगठन तथा शुभेच्छुक संस्थाको क्रियाशिलता बढेको छ ।

उसो त निर्वाचन नजिकिदै जादा शुभेच्छुक सगठन प्रेस सेन्टर नेतृत्वको वाम गठनवन्धनले नेपाल पत्रकार महासंघ जुम्लामा जित हाशिल गरेको छ । पत्रकार महासंघको नेतृत्वमा कर्णाली प्रदेशमै जुम्लामा मात्र प्रेस सेन्टरको नेतृत्वको बामपन्थी प्यानल बिजय भएको हो ।
माओवादीको शुभेच्छुक संस्था प्रेस सेन्टरको समेत नयाँ नेतृत्व चयन भएको छ । एकिकृत अखिल नेपाल शिक्षक ंसंगठनले जिल्ला परिषद सम्पन्न गरेको छ । कर्मचारीको तयारी अवस्थामा रहेको छ ।
बि.सं २०७४ सालको स्थानीय र संसदीय निर्वाचन पछि सत्तामा गएको माओवादी भित्रका केही कार्यकर्ताहरु असन्तुष्ट भएर जुम्लामा अर्को पार्टी प्रवेश पनि गरेका छन् । तर पछिल्लो समयमा जुम्लामा माओवादी राजनिति सुधारिएको र मुलघरमा फिर्ता हुने क्रम बढेको नेताहरु बताउछन् ।

एक महिना अघि पातारासीको पटमारामा पूर्वमन्त्री भण्डारी र पार्टी अध्यक्ष कुँवरको सहभागितामा दुई दर्जन कार्यकर्ता माओवादीमा प्रवेश गरेको तथ्यांक जानकारी प्राप्त भएको छ । यस्तै एक हप्ता अगाडि हिमाको वडा नम्बर ७ मा सांसद महत सहित नेताहरु सहभागी भएको कार्यक्रममा ४० बढि कार्यकर्ता माओवादीमा प्रवेश भएको देखिन्छ । यो नमूना मात्रै भएको जिल्ला पार्टीले बताएको छ । हालै हिमाको वडा नम्बर १ बड्कीमा २४ बढि कार्यकर्ता माओवादीमा फर्किएका छन् । कनकासुन्दरीमा पनि माओवादीमा आउनेको संख्या बढ्दो रहेको स्थानीय पार्टीको तथ्यांक छ ।

स्थानीय तहमा जित हाशिल गरेको तातोपानीमा माओवादीकै बिजय हुने अध्यक्ष नवराज न्यौपाने बताउनु हुन्छ । यता हिमाले पकट बलियो बनाउदै गएको बताएको छ । गुठिचौरमा फेरी पनि माओवादी बिजय हुने अध्यक्ष हरिबहादुर भण्डारी बताउनुहुन्छ ।

अहिले हिमा र कनकासुन्दरी गाउँपालिकाको गाउँपालिका स्तरीय सम्मेलन शुरु भएको छ भने अन्य तहमा तयारी अवस्थामा रहेका पार्टी संयोजक बिरबहादुर कुँवरले जानकारी दिनुभयो । माओवादी नेतृत्वले हरेक तहको प्रशिक्षणमा संघीयता, गणतन्त्र, संविधान निर्माण माओवादी नेतृत्वको आन्दोलनले सफल भएको प्रशिक्षण गर्दै आएको छ ।

निर्वाचनमा पकड :

२०७४ को स्थानीय तहको निर्वाचनमा आठ वटा स्थानीय तहमध्य ३ अध्यक्ष र ५ उपाध्यक्ष र जिल्लाका ६० मध्य २५ वडाध्यक्ष हातमा पार्न सफल भएको माओवादी केन्द्रले जिल्ला समन्वय समिति प्रमुख समेत हातमा लिएर पकट जमाएको थियो । संसदीय निर्वाचनमा भने नेकपा एमाले सँग निर्वाचन गठवन्धन गरेको माओवादीले संघीय सांसद र प्रदेश निर्वाचन क्षेत्र (क) सांसद समेत जितेको छ ।

संसदीय निर्वाचनमा भने दुईपार्टी मिल्दा पनि कांग्रेसले आफ्नो मत राम्रै ल्याएको मानिन्छ । प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महतले २२ हजार १ सय ७३ मत ल्याउदा प्रत्यासी नेपाली कांग्रेसका देवेन्द्रबहादुर शाहीले १४ हजार १ सय ४९ मत ल्याउनु भएको थियो । प्रदेशसभामा (क) मा सांसद भण्डारीले १२ हजार ७ सय ७४ मत ल्याई प्रत्यासी नेपाली कांग्रेसका राजुसिंह कठायतलाई ४ हजार ३७ मतको फरक पार्नुभएको थियो । कठायतले आठ हजार पाँच सय ३७ मत ल्याउनु भएको थियो । यो मतलाई हेर्दा माओवादीले अहिले एमाले छुटेपछि आफ्नो जितको पकड कायम राख्न केही गृहकार्य गर्नुपर्ने छ । अझ नेकपा एकिकृत समाजवादी सँग निर्वाचन गठवन्धन भएमा जित करिब सुनिश्चित हुन सक्छ ।

माओवादी नेताहरुका अनुसार जुन दिनबाट सर्वोच्व अदालतले नेकपा माओवादी र नेकपा एमाले फरक फरक पार्टी भएको आदेश जारी गर्यो । त्यसपछिको पार्टीको केन्द्रीय सर्कुलर अनुसार अव सिंगल पकड कायम राख्न जुम्लामा माओवादी मैदानमा उत्रिएको हो ।
बरु हिजो नेकपा हुदा माओवादी भित्र गुट उपगुट थियो । समानान्तर कमिटि समेत निर्माण भईरहेका थिए । आज माओवादी छुट्टै भएपछि सहमतिमै अगाडि बढ्ने काम भएको एक नेताले बताए । केही नेताका अनुसार यही गतिमा जाने हो भने माओवादी स्थानीय तहमा पकड कायम राख्ने निश्चित छ, तर नेतृत्व दिदा केही ध्यान दिनुपर्ने हुन्छ । संसदीय निर्वाचनमा केही गृहकार्य गर्नुपर्नेमा सचेत हुनुपर्नेमा पछि पर्नु नहुने आन्तरिक तयारी माओवादीमा थालिएको छ ।  नेता गजेन्द्रबहादुर महत, नरेश भण्डारी, विरबहादुर कुँवर सँगै मैदानमा उत्रिन थालेपछि कार्यकर्तामा उत्साह थपिएको छ ।

पछिल्लो दिन कनकासुन्दरी गाउँपालिकामा नेताहरुको उपस्थितिले उत्साह थप्यो । यद्यपी स्थानीय तहको निर्वाचनमा उपप्रमुख वा उपाध्यक्षको जीत हुदा मेयर वा प्रमुख किन जित्न सकेन त्यो समिक्षा गर्नुपर्ने हुन्छ । चन्दननाथमा उपप्रमुख, तिलामा उपाध्यक्षको जित भएको थियो ।
अर्को कार्यकर्ताले सामाजिक संजाल वार गरेका कारण नेताहरुमा दुरी कायम गराउने काम राम्रो नभएको शुभेच्छुक धेरै कार्यकर्ताहरुले सूझाव दिदै आएका छन् । त्यो दोहोरी यो पटक नहोस भन्ने कार्यकर्ताको त्यो भर्खरै सम्पन्न कार्यक्रमको आशय पनि थियो ।

बरु हिजो नेकपा हुदा माओवादी भित्र गुट उपगुट थियो । समानान्तर कमिटि समेत निर्माण भईरहेका थिए । आज माओवादी छुट्टै भएपछि सहमतिमै अगाडि बढ्ने काम भएको एक नेताले बताए । केही नेताका अनुसार यही गतिमा जाने हो भने माओवादी स्थानीय तहमा पकड कायम राख्ने निश्चित छ, तर नेतृत्व दिदा केही ध्यान दिनुपर्ने हुन्छ । संसदीय निर्वाचनमा केही गृहकार्य गर्नुपर्नेमा सचेत हुनुपर्नेमा पछि पर्नु नहुने आन्तरिक तयारी माओवादीमा थालिएको छ ।  नेता गजेन्द्रबहादुर महत, नरेश भण्डारी, विरबहादुर कुँवर सँगै मैदानमा उत्रिन थालेपछि कार्यकर्तामा उत्साह थपिएको छ ।

राजनितिक बिपतमा माओवादी :

नेपालको राजनितिमा माओवादीका लागि पनि विभिन्न राजनितिक विपत आए । यूद्ध जितेर शान्ति प्रक्रियामा आई जनयूद्धको जगमा नेपालमा संघीय गणतन्त्र र संघीयता सम्भव भयो । तर पछिल्लो दुईवटा राजनितिक बिपतमा माओवादी पनि पर्यो ।

पहिलो वि.सं २०६४ सालको निर्वाचनमा बहुमतले नेतृत्व गरेको माओवादी पार्टी टुट्दा तेस्रो दलमा सिमित भयो । जसको प्रभाव देशभर पर्यो । पार्टी टुक्रा हुदा जुम्लाका दुई नेता भण्डारी र महत फरक कित्तामा उभिदा २०७० सालको निर्वाचनामा माओवादी जुम्लामा पराजित भयो । तर २०७४ सालको निर्वाचनमा दुईनेता एक कित्तामा उभिदा सानदार बिजय भयो । स्थानीय तहमा बर्चस्व कायम राख्ने काम पनि भयो । यद्यपी जनप्रतिनिधिले राम्रा र सुधानुपर्ने काम के गरे भन्ने पार्टीको समिक्षा बन्ला र बन्नुपर्छ ।

दोस्रो नेकपा एमाले र माओवादी सहितको एकता भएको पार्टी नेकपा फुटमा पुग्दा माओवादीलाई पनि एक पटक आफ्नो विरासत जोगाउन गृहकार्य गर्नुपर्ने अवस्था आयो । शान्ति प्रक्रियामा आईसकेपछि यो समय सम्म कुनै न कुनै कारणले नेपालको राष्ट्रिय राजनितिको नेतृत्व लिईरहेका माओवादी अध्यक्ष प्रचण्डको कुशल नेतृत्वले माओवादी अहिले सुधारात्मक अवस्थामा आएको छ । केही जिल्लामा जोखिम पनि छ । माओवादीका केही प्रभावशाली नेताहरु एमालेमा प्रवेश गरेका भएपनि खासै जनता स्तरमा केही हलचल भएन । नेता रामबहादुर थापाले दोस्रो पटक प्रचण्डको साथ छोडेपछि भने उनका नजिकका मानिने प्रभावशाली नेता देव गुरुङ, पम्फा भुसाल, अमृताथापा मगर, लुम्विनीका मुख्यमन्त्री, कुलप्रसाद केसी, नेता नरेश भण्डारी, माया प्रसाद शर्मा, रामदिप आचार्य सहित धेरै नेताले प्रचण्डको साथ छोडेनन् । यस विपतबाट जोगिएको माओवादी जुम्लामा दुई नेता एककित्तामा उभिएपछि पकट कायम गर्ने लक्ष्यमा माओवादी मैदानमा ढुक्कले उत्रिएको छ ।

पहिलो वि.सं २०६४ सालको निर्वाचनमा बहुमतले नेतृत्व गरेको माओवादी पार्टी टुट्दा तेस्रो दलमा सिमित भयो । जसको प्रभाव देशभर पर्यो । पार्टी टुक्रा हुदा जुम्लाका दुई नेता भण्डारी र महत फरक कित्तामा उभिदा २०७० सालको निर्वाचनामा माओवादी जुम्लामा पराजित भयो । तर २०७४ सालको निर्वाचनमा दुईनेता एक कित्तामा उभिदा सानदार बिजय भयो । स्थानीय तहमा बर्चस्व कायम राख्ने काम पनि भयो । यद्यपी जनप्रतिनिधिले राम्रा र सुधानुपर्ने काम के गरे भन्ने पार्टीको समिक्षा बन्ला र बन्नुपर्छ ।

विकासमा नेतृत्व :

विकास र पैरवीमा पनि माओवादी जनप्रतिनिधिको मुल नेतृत्वले जुम्लामा केही फरक परिवर्तन गरेको देखिन्छ । कर्णालीका पूर्वमन्त्री तथा सांसद नरेश भण्डारीले विकासका ४ मिसाईल माओवादी केन्द्रको नेतृत्वले थालेको दावी गर्नुभयो । उहाँले यसमा यद्यपी सहयोगी महानुभावहरुको ईतिहास ठूलो रहेको र रहने भन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान २०६८ सालमा संसदमा विधेयक दर्ता भएर यहाँ पुग्दा, सिञ्जा संरक्षण तथा विकास विधेयक २०७८ कर्णाली प्रदेशसभामा दर्ता भएको, पर्वतीय विज्ञान प्रतिष्ठान टेवुल भएको, जवामा १७० मेघावाटको बिजुली अगाडि बढ्ने दावी गर्नुभयो । उहाँले धौलिगाड पनि संसारको दुर्लभ आयोजना भएको बताउनुभयो ।

उहाँले यि सहित सानातिना सवै विकास निर्माणका कार्यक्रम आएका सूझाव समेत समेटिने बताउनुभयो ।

प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महत नेपालको संसदीय प्रणालीमा कर्णालीको पिडा पैरवी गर्ने सांसदको रुपमा सावित हुनुभएको छ । सांसद महतले आधा दर्जन पटक संसदमा जुम्लालाई विधुतको राष्ट्रिय प्रसारण लाईनमा जुम्ला जोडिनुपर्ने माग गर्दै गर्दा यो बर्ष जुम्ला बिधुतको राष्ट्रिय प्रसारण लाईनमा जोडिएको छ । संसदमा कर्णालीको पिडा पैरवि गर्दा रोएको भनेर नेपालका मुलधारका संचार माध्यामले तथ्यहिन समाचार लेखेर संचारमाध्यामले माफी मागेको ईतिहास पनि ताजै छ । भर्खरै लाम्रा सम्वाद गाउँगाउँका कुडाँको बिजुलीका सुईना सत्रमा मैले सांसद महत सँग थप अन्तरक्रिया गर्ने अवसर पाए ।

अन्त्यमा :

अव जुम्लामा संसदीय र स्थानीय निर्वाचनको प्रतिष्पर्धामा माओवादी सँग नेपाली कांग्रेस प्रतिस्पर्धामा आउनेमा दुईमत छैन् । माओवादीको पछिल्लो गति र मेलमिलाप अनुसार गृहकार्य बढाएमा पकड कायम गर्न सकिनेमा पाटीका नेताहरु बताउछन् । तर पार्टीभित्र विकास, निर्माण र संगठन निर्माणका बिषयमा स्थानीय तहका सरकार र मुल नेतृत्वलाई केही जिज्ञासा पनि हुन सक्छन् । त्यो ग्रहण गर्नुपर्छ । यस्ता बिषय स्थानीय तहगत छलफल, वहश, सूझावका आधारमा सुझाव दिने र नेतृत्वले ध्यान दिएमा सकारात्मक हुनेछ । अवको पार्टी र जनप्रतिनिधीमा ठिक र समावेशी नेतृत्वको चयन गरेमा जुम्लामा पहिलो पार्टी माओवादीनै हुने संकेत देखिन्छ । यसका लागि पार्टीभित्रका अन्तरबस्तु, संघर्ष, वहश छलफल र सुझावको आधारमा अगाडि बढ्नुपर्छ । नेतृत्वले भएका कमीकमजोरीको ग्रहण गर्नुपर्छ । कार्यकर्ताले सूझाव संस्थागत प्रणालीको निरन्तरता कायम गर्नुपर्छ ।

विकास र पैरवीमा पनि माओवादी जनप्रतिनिधिको मुल नेतृत्वले जुम्लामा केही फरक परिवर्तन गरेको देखिन्छ । कर्णालीका पूर्वमन्त्री तथा सांसद नरेश भण्डारीले विकासका ४ मिसाईल माओवादी केन्द्रको नेतृत्वले थालेको दावी गर्नुभयो । उहाँले यसमा यद्यपी सहयोगी महानुभावहरुको ईतिहास ठूलो रहेको र रहने भन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान २०६८ सालमा संसदमा विधेयक दर्ता भएर यहाँ पुग्दा, सिञ्जा संरक्षण तथा विकास विधेयक २०७८ कर्णाली प्रदेशसभामा दर्ता भएको, पर्वतीय विज्ञान प्रतिष्ठान टेवुल भएको, जवामा १७० मेघावाटको बिजुली अगाडि बढ्ने दावी गर्नुभयो । उहाँले धौलिगाड पनि संसारको दुर्लभ आयोजना भएको बताउनुभयो । प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महत नेपालको संसदीय प्रणालीमा कर्णालीको पिडा पैरवी गर्ने सांसदको रुपमा सावित हुनुभएको छ । सांसद महतले आधा दर्जन पटक संसदमा जुम्लालाई विधुतको राष्ट्रिय प्रसारण लाईनमा जुम्ला जोडिनुपर्ने माग गर्दै गर्दा यो बर्ष जुम्ला बिधुतको राष्ट्रिय प्रसारण लाईनमा जोडिएको छ । संसदमा कर्णालीको पिडा पैरवि गर्दा रोएको भनेर नेपालका मुलधारका संचार माध्यामले तथ्यहिन समाचार लेखेर संचारमाध्यामले माफी मागेको ईतिहास पनि ताजै छ ।

प्रतिकृया दिनुहोस्