OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक १५, २०७८सुर्खेत
७२९ पटक

कर्णाली, १५ कार्तिक :  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिनुभएको छ । काँग्रेस प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीसँगको पूर्वसहमति अनुसार मुख्यमन्त्री शाहीले आज पत्रकार सम्मेलन गरी विशेष सम्बोधन मार्फत पदबाट राजीनामा दिनुभएको हो ।

सम्बोधनका क्रममा मुख्यमन्त्री शाहीले कानूनी संरचना नभएको कर्णाली प्रदेशमा ३६ ऐन, ६ अध्यादेश, १० नियमावली, ३६ कार्यविधि र १० निर्देशिका निर्माण गरेको बताउनुभयो । संघीयता कार्यान्वयनका क्रममा आफू नेतृतवको प्रदेश सरकारको ऐतिहासिक जग बसालेको, संघीय सरकारसँगको समन्वयमा कर्णाली तथा भेरी करिडर राष्ट्रिय प्रसारण लाईनको योजना अगाडि बढाईएको उहाँले जनाउनुभयो ।

समृद्धिको आधार खडा गरी प्रदेश सरकारले समृद्धिको जग बसालेको बताउँदै उहाँले पर्यटन गुरुयोजना निर्माण, यस प्रदेशका ७१८ वटै वडापालिकामा रु.दुई अर्ब ९६ करोड बजेट परिचालन, सुर्खेत उपत्यका खानेपानीको संभाव्यता अध्ययन, विद्युत, पर्यटन, स्वास्थ्य, शिक्षा, कृषि, जडिबुटीलगायतका क्षेत्रको विकासका योजनाहरु अगाडि बढाईएको सम्बोधनमार्फत जानकारी दिनुभयो ।
आजै मन्त्रिपरिषद् बैठक बसेर राजीनामा दिनुभएका मुख्यमन्त्री शाहीले गत वैशाख ३ गते विश्वासको मत लिँदा छ महिनापछि काँग्रेसलाई सत्ता हस्तान्तरण गर्ने सहमति गर्नुभएको थियो । मुख्यमन्त्री शाहीले पदबाट राजीनामा दिएपछि काँगेस प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बन्ने बाटो खुला भएको छ ।

काँग्रेस प्रदेशसभा दलका नेता जीवन शाहीले मुख्यमन्त्रीकै सहमति अनुसार आफु मुख्यमन्त्री बन्ने बताउनुभयो । “हामीबीच भद्र सहमति अनुसार उहाँले राजीनामा दिनुभएको छ” रासससँग कुरा गर्दै उहाँले भन्नुभयो, “मुख्यमन्त्रीले राजीनामा पश्चात् २÷४ दिन पर्खन अनुरोध गरे त्यही अनुसार आफू मुख्यमन्त्री बन्ने सोच गरेको छु ।”

प्रतिकृया दिनुहोस्