OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी कार्तिक ९, २०७८जुम्ला,
४५७ पटक

९ कार्तिक २०७८, मंगलवार,

प्रेस सेन्टर नेपाल जुम्लाको अध्यक्षमा पत्रकार धन बहादुर बुढा (डिबी) चयन हुनु भएको छ ।

प्रेस सेन्टरको चौथो जिल्ला अधिबेशन बाट पत्रकार बुढा अध्यक्षमा र्निविरोध चयन भएका हुन् । लामो समयदेखि क्रियासिल रुपमा जुम्लामा पत्रकारिता गर्दै आएका नागरिक दैनिककका जुम्ला संबाददाता तथा खसपत्रका अध्यक्ष समेत रहेका छन् । प्रेस सेन्टरका पहिलो अध्यक्ष शुरबहादुर सिंह, उपेन्द्र न्यौपाने पछि बुढा चयन हुनु भएको हो ।

चौथो जिल्ला अधिवेशनले उपाध्यक्षमा रेडियो सिंजाका संचारकर्मी उमेश बुढा, महिला उपाध्यक्षमा रेडियो गुठिचौरकी संचारकर्मी अनिता बुढा र सचिवमा रेडियो गुठिचौरकै स्टेशन म्यानेजर गोल्डेन बुढा चयन भएका छन् । यसगरी समाबेशी सह–सचिवमा रेडियो गुठिचौरका संचारकर्मी रामप्रकाश विक र कोषाध्यक्षमा फोटो पत्रकार अमृत बुढाथोकी मगर चयन भएको जानकारी प्राप्त भएको छ । सदस्यमा कल्पना रावत, सुमन खत्री, यूनेश परियार, विजकली महतारा, स्यानु भट्टराई, वलसिंह रोकाया, पदम शाही, बिष्णु भण्डारी, बृषबहादुर शाही सहित १५ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको छ । त्यसैगरी केन्द्रीय प्रतिनिधी जिल्ला प्रतिनिधि समेत गरी चयन भएका छन् ।

अधिवेशनको उद्धाटनसत्रमा नेकपा माओवादी केन्द्र जुम्लाका संयोजक बिरबहादुर कुँवर, तातोपानी गाउँपालिका अध्यक्ष तथा प्रदेश कमिटि सदस्य नवराज न्यौपाने, प्रदेश कमिटी सदस्य तथा सिञ्जा गाउँपालिका ईन्चार्ज पूर्ण प्रसाद धिताल, गुठिचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारी, केन्द्रीय आयोजक कमिटी सदस्य शुरबहादुर सिंह, सहित नेपाल पत्रकार महासंघ, पत्रकार संघ संघठन, कर्मचारी संगठन सहितका अतिथिहरुले शुभकामना मन्तब्य दिनु भएको थियो । अधिवेशनको सफलताका लागि प्रदेश संयोजक प्रतिक ईच्छुकशर्माले शुभकामना पठाउनुका साथै प्रेस सेन्टरका केन्द्रीय नेताहरुले समेत शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

पाटी अध्यक्ष कुँवरले परिवर्तनका एजेण्डा नेपालमा माओवादीको अगुवाईमा भएकाले संस्थागत कायम राख्न संचार माध्यामको ठूलो कर्तब्य रहेको बताउनुभयो । उहाँले अव हुने महाधिवेशनमा नयाँ ढंगले माओवादी बिचार वारेमा बहश हुनेमा जोड दिनुभयो ।

तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानले पत्रकारिता ईतिहास, खोजी र बिचारमा आधारित समाचारहरुमा प्रेस सेन्टरमा आवद्ध पत्रकारहरुले जोड दिनुपर्ने बताउनुभयो । प्रदेश कमिटि सदस्य पूर्ण प्रसाद धितालले संगठनमा बिचारमा आधारित पत्रकारिता बढि हुनुपर्ने क्रियाशिलता थप बढाउनु पर्नेमा सुझाव दिनुभयो । गुठिचौर गाउँपालिका अध्यक्ष भण्डारीले कम्यूनिष्ट पार्टीको जुम्ला शुरुवातको ईतिहास झल्काउदै हालको पत्रकारिताले ईतिहासमा समेत जोड दिनुपर्ने बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस्