OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक ७, २०७८काठमाडौं
३५५ पटक

जुम्लाका प्रतिनिधीसभा सांसद गजेन्द्रबहादुर महतले प्रधानमन्त्री शेरबहादुर देउवा कर्णालीमा नगएको आक्रोस पोख्नु भएको छ ।
सांसद महतले प्रधानमन्त्रीे शेरबहादुर देउडा आफ्नो क्षेत्रमा गएका तर साविक कर्णालीमा बिपतको बेला नगएको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले भन्नु भएको छ, पश्चिममा प्रधानमन्त्री आफ्नो क्षेत्र भएर वा आफ्नो पार्टीले वोलाएर हो ?

कर्णाली त मान्छे होईनन, कर्णाली जानै पर्दैन, त्यहाँ पनि मान्छे बस्ने गर्छन भन्नु भएको छ । उहाँले प्रधानमन्त्री र अर्थमन्त्रीलाई भनेपनि नजानु भएको बताउनु भयो । उहाँले त्यहाँ मार्सीधानको बिउ जोगाउन कठिन भएको समस्या दर्शाउनु भयो ।

गत कात्तिक १ गते देशभर भएको अविरल बर्षाका कारण जुम्लामा पनि ठूलो क्षेति भएको छ । सो समयमा जिल्लामै रहनु भएका सांसद महतले जिल्लाको बस्तुगत अवस्था बुझेपछि ३ गते स्थानीय प्रशासन र सरोकारवाला कार्यालयहरु सँग जिल्लाको प्रारम्भिक क्षेतिको बिबरण बुझ्नु भएको थियो । सोही आधारमा केन्द्रमा पहल गर्ने र संगठित रुपमा केन्द्रमा जुम्लाको क्षेतिको बिषयमा सवै लाग्नु पर्ने बताउनु भएको थियो ।  सांसद महतले विशेषगरी साविक कर्णालीमा बिपतको समयमा प्रधानमन्त्री पुग्नुपर्ने लक्षिक आक्रोस रहेको छ ।

प्रतिकृया दिनुहोस्