OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी कार्तिक ७, २०७८जुम्ला,
१२४७ पटक

खलंगा कात्तिक ७ गते । हवाई समस्या सामाधान गर्न जुम्ला विमानस्थलमा दुई दिन बैठक बसेको छ । शुक्रवार र सोमवार बसेको जिल्ला स्तरीय सर्वदलिय र सर्वपक्षिय वैठकले हवाई समस्या सामाधान गर्न केन्द्रीय स्तरमा पहल गर्ने सहित अघिल्ला निर्णयलाई कार्यान्वयन गर्ने भएको छ ।

नागरिक उड्डयन प्राधिकरणको जुम्लाला विमानस्थलका प्रमुख प्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले सेडुअल फ्लाईट र सम्झौता अनुसार जहाँज नियमितता गर्न र स्थानीय स्तरमा कार्यालय खोलेर अनिवार्य टिकट व्यवस्थापन गर्ने पहल गर्ने लगायतका बिषयमा निर्णय गरि पहल गर्ने भएको हो ।

स्थानीय प्रशासन, राजनैतिकदल, मानवअधिकार आयोग, नागरिक उड्यन प्राधिकरण, जहाँजका जिएसए, एयरलाईन्सहरु र संचारकर्मीहरुको उपस्थितिमा सम्पन्न भएको वैठकले जिल्लाको हवाई समस्या सामाधानका लागि सर्वदलिय सर्वपक्षिय समिति गठन गठन गरि केन्द्र सरकार र प्रदेश सरकारलाई पहल गर्ने निर्णय गरिएको छ ।

रारा र सिञ्जा क्षेत्रमा दशै र तिहारको समयमा पर्यटकहरु धेरै आउने तर यही समयमा निजी कम्पनीले जहाँज अन्य स्थानमा पठाउने, नेपाल एयरलाईन्सले नियमित फ्लाईट नगर्ने लामो समय देखीको यो समस्या दोहोरिएपछि समस्य बढेको छ । अर्को स्थानीय स्तरमा विमानस्थलमा कार्यालय नखोली टिकट फोनको आधारमा वितरण गर्ने तथा सर्वसाधारण तथा वाह्रय पर्यटकलाई टिकटका लागि कहाँ र कहिले भेट्ने भन्ने बिषयमा जानकारी नहुने सास्ति भएकाले सूचना प्रणाली प्रभावकारी बनाउने र अनिवार्य टिकट हुनुपर्नेमा सरोकारवालाको जोड रहेको छ ।

टिकट पार्दशिताको बिषयमा प्रमुख जिल्ला अधिकारी बिजया प्रसाई र एयरलान्सहरु विच गत भदौ १३ गते बसेको वैठकले यथासिघ्र पारदर्शी रुपमा पहिला प्रथामिकता हुनेगरी स्पष्ट हुने जिएसए कार्यालयमा राख्ने, ईटिकटका लागि पहल गर्ने, स्विकृत सेडुअल नियमित गर्ने, जिपिए कार्यालयहरुले स्थापना गरि स्थापना गर्ने निर्णय गरिएको छ । पछिल्लो समय यि निर्णय कार्यान्वयन गर्न पुन सर्वपक्षिय सर्वदलिय बैठकले पनि निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी बिजय प्रसाईल् स्थानीय तहमा गर्न सक्ने पार्दर्शिताका कुरा टिकट दिने, कार्यालय खोल्ने, पहिलो व्यक्तिलाई टिकट दिने काम गर्न एयरलाईन्सलाई निर्देशन दिनुभयो । राष्ट्रिय मानव अधिकार आयोग जुम्लाका अधिकृत धनराज शाहीले हवाई जहाँज बिषयमा नागरिकको गुनासो व्यापक आएकाले छलफल गर्नुपर्ने अवस्था आएको बताउनुभयो । छलफलमा राजनैतिक दलका नेतृत्वहरुले राष्ट्रिय स्तर र स्थानीय स्तरको समस्या सामाधान गर्न पहल गर्ने प्रतिद्धता जनाएका छन् ।

उपप्रमुख कार्मा बुढाले भएका निर्णय कार्यान्वयन गर्न आवश्यक भएको बताउनुभयो । नेपाली कांग्रेसका जिल्ला नेता लक्ष्मण शाहीले सवै निकायको सहभागितामा भएको निर्णय कार्यान्यन गर्नुपर्ने बताउनुभयो । नेकपा एमालेका जिल्ला अध्यक्ष शान्तिलाल महतले लामो समय देखीको हवाई समस्या सामाधान गर्न सवैको सहकार्य भएको र केन्द्रीय स्तरमा पहल गर्नुपर्ने बताउनुभयो । नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य पूर्णप्रसाद धितालले लामो समय सम्मको समस्या सामाधान गर्न आवश्यक रहेको बताउनुभयो । नेता बिष्णुबहादुर महतले बढ्दो जनसंख्या र जहाँज घट्दो भएकाले निति स्तरमा बदल्नुपर्ने बताउनुभयो ।

नेकपा एकिकृत समाजवादीका जिल्ला सचिव आदी प्रसाद न्यौपानले केन्द्रीय स्तरमा सरकारले गर्नुपर्ने कामका लागि यथासिघ्र पहल भईरहेको र निरन्तरता दिनेमा जोड दिनुभयो । राप्रपाका जिल्ला अध्यक्ष वेदबहादुर शाहीले टिकट बितरण पादर्शिता र केन्द्रीय स्तरमा फ्लाईट बढाउनमा पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
छैनन सेडुृअल फ्लाईट :
लमो समयदेखी सेडअल फ्लाईट नभएको बताईएको छ । नागरिक उड्यन प्राधिकरण जुम्लाले सेडुअल फ्लाईट नभएको जानकारी दिनुभयो ।
सेडुअल फलाईट कति छन् भनेर पत्राचार गर्दा पनि उत्तर आएको छैन् । नेपाल नागरिक उड्यन प्राधिकरणले २०७८ साल भदौ ९ गते जुम्लाको नेपाल वायूसेवा निगम, तारा एयर, समिट एयर, सिता एयरले जवाफ नदिएको प्राधिकरणले जनाएको छ । प्रमुख शर्माका अनुसार लामो समय देखी सेडुअल फ्लाईट नभएको बताउनुभयो ।

सेडुअल फ्लाईटको बिषयमा नेपाल नागरिक उड्यन प्राधिकरण उडान अनुमति महाशाखाका प्रमुख रिचा शर्माले सेडुअल फ्लाईट र टिकट पार्दर्शिताको बिषयमा पहल गर्ने बताउनुभयो । जुम्लाबाट जहाँज चढ्ने प्यासेन्जरहरुले टिकट नपाएको गुनासो व्यापक आउने गरेको छ ।

 जुम्ला बिमानस्थलमा हवाई समस्या बिषयमा सवैपक्षिय वैठक तस्बिर नेत्र शाही जुम्ला ।

प्रतिकृया दिनुहोस्