OnlinePana

आज : २०८० चैत्र ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,कार्तिक ५, २०७८ जुम्ला,
२२५७ पटक

कात्तिक ५ गते । जुम्लामा हवाई समस्या दिर्घकालिन रोग जस्तै भएको छ । बिमानस्थलमा सेडुअल र चाटर फ्लाईट के हो भन्ने थाहाँ छ्रैन् । संचालन भईरहेका जहाँजमा व्यवस्थित टिकट प्रणाली अझै गर्न सकिएको छ्रन् ।

दशै लगत्तै फर्किने मानिसहरुको भिड बढ्यो तर जहाँजका जुम्ला फ्लाईट काटेकाले समस्या बढेको छ । बाढि र पहिरोले कर्णाली राजमार्ग अवरुद्ध हुदा झन भिड बढेपछि समस्या भयो तर कार्यालय खोलेर स्पष्ट टिकको अवस्था केहो ? पारदर्शिता हुन सकेन । यात्रुको टिकट हातमा हुदैन् । यि प्रश्नहरु भारी मात्रामा दोहारोरिएका छन् ।

सरोकारवाला टुलुटुलु हेरिरहेका छन् :

प्रशासन, राजनैतिकदल,सरोकारवाला निकायहरु टुलुटुलु हेरिरहेको अवस्था छ । पकट पटक पार्दर्शिताका कुरा उठ्दा, निर्देशन हुदा सम्म जहाजका कार्यालय राम्ररी खोल्ने काम भएका छैनन् । यहाँको टिकट नेपालगंजमा गएर कतिपयले प्रिन्ट गर्ने वाध्यता कहिले सम्म ? स्थानीय प्रशासनले निर्देशन दिदै आएको छ तर कार्यान्वयन नहुनु राज्यभन्दा भन्दा माथी जहाँज संचालकहरु भएको अनुभूति नागरिकमा हुन थालेका छन् ।

यात्रुहरुलाई तपाईको टिकट हुन्छ भन्ने हुन्छ तर हातमा टिकट नहुदा वरालिनु वाहेक केही छैन् । विमानस्थलमा ५ दिन देखी जान नपाएर थुपैै यात्रु थुप्रिएका छन् । विरामीहरु समेत जान कठिन अवस्था रहेको भन्दै स्थानीय कमलसिंह बुढ्थापाले जहाँजको वेथिति धेरै रहेको बताउनुभयो ।

शुक्रवार तारा एयरको जहाँज मात्रै जुम्लाका लागि भएको नागरिक उड्यन प्राधिकरण जुम्लाले जानकारी दिएको छ । प्राधिकरण प्रमुख प्रकाश शर्माले अन्य जहाँज नभएकाले समस्या बढेको बताउनुभयो । जहाँज कम्पनीले नियमित उडानको सम्झौतालाई पनि कुल्चेर अन्य स्थानमा जहाँज पठाउने वेईमानी गरेका छन् ।

केन्द्रीय उपभोक्ता हित संरक्षण मञ्च नेपालका उपमहासचिव बिष्णु तिमिल्सेनाले सेडुअल फ्लाईटको अनुभूति यहाँका नागरिकले गर्न नपाएको बताउनुभयो । उहाँले आफुपनि असोज २८ गतेबाट जहाजको टिकटका लागि विमानस्थल पुगेको तर कहिले हो जाने फिक्स नभएको बताउनु भयो ।

टिकट पार्दशिताको बिषयमा प्रमुख जिल्ला अधिकारी बिजया प्रसाई र एयरलान्सहरु विच गत भदौ १३ गते वैठक बसेको छ । वैठकले यथासिघ्र पारदर्शी रुपमा पहिला प्रथामिकता हुनेगरी स्पष्ट हुने जिएसए कार्यालयमा राख्ने, ईटिकटका लागि पहल गर्ने, स्विकृत सेडुअल नियमित गर्ने, जिपिए कार्यालयहरुले स्थापना गरि स्थापना गर्ने निर्णय गरिएको छ । निर्णय अनुसार धेरै बिषय कार्यान्वय हुन सकेका छ्रैनन् ।
प्रमुख जिल्ला अधिकारी बिजया प्रसाईले जिल्लाको पारदर्शिताको बिषयमा सवैमिलेर अग्रसर हुनुपर्ने र सेडुअल फ्लाईट सहितका बिषयमा निति परिवर्तनको बिषयमा पहल गर्न आवश्यक रहेको जानकारी दिनुभयो ।

प्राधिकरणलाई एयरलाईन्सको अटेरी :
सेडुअल फलाईट कति छन् भनेर पत्राचार गर्दा पनि उत्तर आएको छैन् । नेपाल नागरिक उड्यन प्राधिकरणले २०७८ साल भदौ ९ गते नेपाल वायूसेवा निगम, तारा एयर, समिट एयर, सिता एयरले जवाफ नदिएको प्राधिकरणले जनाएको छ । प्रमुख शर्माका अनुसार लामो समय देखी सेडुअल फ्लाईट नभएको बताउनुभयो ।

सेडुअल फ्लाईटको बिषयमा नेपाल नागरिक उड्यन प्राधिकरण उडान अनुमति महाशाखाका प्रमुख रिचा शर्माले सेडुअल फ्लाईट र टिकट पार्दर्शिताको बिषयमा पहल गर्ने बताउनुभयो ।

 जुम्ला बिमानस्थलमा यात्रुहरु अलपत्र तस्बिर नेत्र शाही जुम्ला ।

प्रतिकृया दिनुहोस्