OnlinePana

आज : २०८१ बैशाख २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,आश्विन ३१, २०७८जुम्ला,
९३२ पटक

असोज ३१ गते । जुम्लाको होटल भ्यालीभ्यूका सञ्चालक मध्यका एक दैलेख निवासी शेरबहादुर शाहीको लडेर ज्यान गएको प्रहरीले जनाएको छ ।

यही २०७८ असोज २७ गते राति बसपार्क लाईन स्थित होटल भ्यालीभ्यू अगाडि राति भित्र च्यानल गेट चढेर जान खोज्दा लडेर मृत्यू भएको अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार सिसिटिभी प्रविधिले मृतक शाही होटलको च्यानल गेटमा माथी जान खोज्दा लडेर टाउको लागेको देखाएपछि दुर्घटनाबाट मृत्यू भएको बताउनुभयो ।

दैलेख ठाटीकाध गाउँपालिका ३ भेरीपातल बर्ष ४५ का शाही होटल संञ्चालक र पारिश्रमिक समेत लिने गर्नुहुन्थ्यो । २०७८ असोज २७ गते वेलुकी ९ः४८ मा होटल भित्र जान खोजिएको, गेट बन्द भएको तर गेट नखुलेपछि नाघेर माथी जान खोज्दा लडेर घाईते भई मृत्यू भएको सिसिटिभिीले देखाएको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार आफन्त आईसकेपछि सो सिसिटिभिको फुटेजहरु देखाएपछि आफन्तले पनि दुर्घटना रहेछ भन्ने स्विकारेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पोष्टमार्टम गरि शव टिकाको दिनमा आफैघर लगिसकेका समेत जानकारी दिनुभयो ।
शाही लडेर मृत्यू हुदा सम्म माथिल्लो तलामा सुतेका केही व्यक्तिले थाहाँ नपाएको र एक्कासि भोली विहान होटल अगाडि शव देखिएको थियो ।
दशैको नजिकै होटल अगाडि मृत् अवस्थामा देखिएपछि हत्या आशंका गरिएको थियो । तर अनुसन्धानले दुर्घटना भएको देखाएको हो । घटना थाहा पाएपछि प्रहरीले सो क्षेत्र सुरक्षित समेत गरेको थियो ।

सिसिटिभि राख्न अनुरोध :
प्रहरीले सिसिटिभीले अनुसन्धानमा सजिलो हुने भएको र पिडितले न्याय पाउने भएकाले अनिवार्य राख्न अपिल गरेको छ । प्रहरी नायव उपरीक्षक थापाले
जुम्ला सदरमुकाम सहित गाउँपालिका केन्द्र र बजार क्षेत्रमा सिसिटिभी राख्न सरोकारवाला निकायहरुलाई अनुरोध गर्नुभयो । यसले घटना कम हुने र घटना भईहालेपनि अनुसन्धानमा सजिलो हुने भएको बताउनुभयो ।

सरोकारवाला मौन :

साविकको कर्णालीको मुटु जुम्ला सदरमुकामका विभिन्न चोक र स्थानमा सिसि क्यामरा आवश्यक रहेको छ । तर तीनै वटा सरकार र जनप्रतिनिधी यस विषयमा मौन छन् । चन्दननाथ नगरपालिकाले समेत सुरक्षा सँग सम्वेदनशिल बिषयको पूर्वाधारमा जोड दिन सकेको छैन् ।
फोटो क्याप्सन : होटल अगाडि सञ्चालक शाहीको शव भेटिएपछि प्रहरीले गरेको सुरक्षा तस्बिर नेत्र शाही ।

प्रतिकृया दिनुहोस्