OnlinePana

आज : २०८३ बैशाख १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आश्विन २८, २०७८
७१९ पटक

दैलेख जिल्ला स्थायी घर भएका जुम्लामा होटेल व्यवसायी गर्दै आएका शेरबहादुर शाहीको बुधबार हत्या भएको आशंका गरिएको छ । होटेलबाहिर यत्रतत्र रगतका छिटाहरू देखिएपछि हत्याको आशंका गरिएको हो ।

शाहीले जुम्लाको चन्दननाथ नगरपालिका– ६ पुरानो बसपार्कनजिक कर्णाली राजमार्गको छेउमा भ्याली भ्यु होटेल सञ्चालन गर्दै आएका थिए। उनको शव बिहीबार बिहानै होटेलको बरन्डामा भेटिएको थियो।

प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार अहिले प्रराम्भिक अनुसन्धान भइरहेको जानकारी दिनुभयो । उहाँले अनुसन्धान पछि मात्र घटनाको बिबरण के हो भन्ने जानकारी हुने बताउनुभयो । सो क्षेत्र विहानै देखी प्रहरीको सुरक्षा घेरामा राखिएको छ ।

प्रतिकृया दिनुहोस्