OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

७१५ घरेलु हिंसा प्रभावित महिलालाई सेवा

स्थानीयतहको प्रथामिकतामा पर्न सकेन :

नेत्र शाही आश्विन २४, २०७८जुम्ला,
८५९ पटक

असोज २४ गते । जुम्लामा घरेलु हिंसामा परेका महिलाहरु बढिरहेका छन् । विभिन्न कारणले घर छोडेर सदरमुकाम पुगेका महिलाहरु १२ बर्षमा ७१५ जना रहेको तथ्यांक सार्वजनिक गरिएको छ । घरेलु हिंसा यौन जन्य दुवव्यवहारबाट प्रभावित महिलाहरुको अल्पकालिन आश्रय सहितको जिल्ला सेवाले २०६६ साल देखी हाल सम्म ७१५ जनालाई सेवा दिएको जानकारी गरेको हो ।

सेवा केन्द्रले आफ्नो प्रगति समिक्षामा २०७७।०७८ मा ३४ जनाले सेवा पाएका छन् । जसमध्य १६ जना आमा सँग आएका वालवालिका रहेका छन् ।
आश्रय केन्द्रका कर्मचारी लक्ष्मी कार्कीले प्रस्तु गर्नुभएको तथ्यांकमा कुटपिटमा ८ जना, आर्थिक हिंसामा २ जना ,गाली वेईजेतीमा ४ जना, आमाको साथमा आएका वालवालिका १६ जना, बहुविवाह एकजना, जवरजस्ती करणी १ जना, चारित्रिक आरोप २ जना रहेका छन् ।

प्रभावित महिलाहरु मध्य २ जना अदालत पठाईएको, ७ जना जिल्ला सेवा केन्द्रमा मिलाएको र ५ जना जिल्ला प्रहरी कार्यालयमा पठाईएको छ । आश्रयकेन्द्रले सरोकारवाला निकायहरुको सहयोगमा मनो विमर्श केन्द्र, कानूनी सेवा, पारिवारिक पुर्नमिलन, अदालतमा मुद्धा दायर, स्वास्थ्यसेवा, वकालत पैरवी, तालिम गोष्ठी अन्तरक्रिया गर्ने बताएको छ ।

स्थानीय तहबाट छैन आर्थिक सहयोग :
लामो समय देखी जोखिममा काम गरिरहेको आश्रय केन्द्रले यस बर्ष कतैबाट पनि आर्थिक सहयोग नहुदा समस्या भएको बताएको छ । चन्दननाथ नगरपालिकाले सहित स्थानीय तहले प्रथामिकता नदिएको आश्रय केन्द्रका अध्यक्ष भगवति श्रेष्ठले जानकारी दिनुभयो । उहाँले निर्णय गर्दा र पहल गर्दा पनि थाकिएकाले संवेदनशिल क्षेत्रमा सहयोग नहुनु दुर्भाग्य भएको बताउनुभयो । अहिले सम्म कर्मचारीले तलव पाएका छैनन् । घर भाडा तिर्न सकिएको छैन् उहाँले बताउनुभयो ।

सामाजिक विकास कार्यालयका प्रमुख टोपबहादुर बुढाले भने रु ५ लाख रुपैया प्रदेश सरकारबाट आएको जानकारी दिनुभयो । जिल्ला समन्वय समिति जुम्ला संयोजक भएको निर्देशक समितिले सो रकम उपलब्ध गराउन निर्णय समेत गरेको छ ।
समिक्षामा जिल्ला समन्वय समितिका प्रमुख कार्मा बुढाले स्थानीय सरकारले महिला र वालवालिका क्षेत्रमा खासै प्रथामिकता नदिएको गुनाुसो गर्दै यसमा सवै सचेत हुनुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी बिजया प्रसाईले लक्षित बर्गको संरक्षण र प्रवर्धन गर्ने कार्यक्रमहरुका लागि स्थानीय सरकार सहितको साझा वैठक राख्ने बताउनुभयो । उहाँले वालविवाह उत्तिकै बढ्दो छ, न्यूनिकरण कसरी गर्ने विषयमा सरोकारवालाहरु लाग्न जरुरी रहेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्