OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन २२, २०७८सुर्खेत
५०८ पटक

२२ असोज २०७८, शुक्रबार

जिल्ला जिल्ला प्रशासन कार्यालय सुर्खेतले बजार अनुगमनलाई तीव्र बनाएको छ । प्रशासनले एक सातादेखि यहाँका विभिन्न पालिकामा अवस्थित बजारहरुको अनुगमन थालेको हो ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकतृ पदमलाल लामिछानेको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, स्थानीय तह, प्रहरी तथा राष्ट्रिय उपभोक्ता अधिकार मञ्चका प्रतिनिधिहरुको संयुक्त टोलीले यहाँका भेरीगंगा, गुर्भाकोट नगरपालिका तथा सिम्ता गाउँपालिकाका बजारहरुमा अनुगमन गरेको छ । अनुगमनको क्रममा टोलीले रु.३५ हजार बराबरको अखाद्य वस्तु बरामद गरेको जिल्ला प्रशासन कार्यालय सुर्खेतका सूचना अधिकारी श्रीशमशेर रानाले जानकारी दिनुभयो ।

“जिल्ला प्रशासन कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका सुर्खेतका प्रमुख बजारहरु अनुगमन गर्दै आएको छ,” सूचना अधिकारी रानाले भन्नुभयो, “ अनुगमनको क्रममा पाँच दिन अघि प्रशासनले वीरेन्द्रनगर ६ सुर्खेत शनिहल लाइनमा रहेको भुसाल अर्डर एण्ड सप्लायर्समाथि छापा हान्दा ३१ बोरा म्याद सकिएको म्याङ्गो चक्लेट जफत गरी नष्ट गरिएको छ ।”

यही भदौ १९ गते कर छली गरेको भन्दै उक्त सप्लायर्स आन्तरिक राजश्व कार्यालय सुर्खेतले पनि छापा हानेर ४०९ प्याकेट अवैध सुर्तीजन्य चीज बरामद गरी सञ्चालक लक्ष्मीप्रसाद भुसाललाई कारवाही प्रक्रिया अगाडि बढाएको थियो । त्यसैगरी, प्रशासनको अगुवाईमा सुर्खेतका पूर्वी क्षेत्रमा अवस्थित सिम्ता गाउँपालिकाको राकम, जामुने, गुर्भाकोट नगरपालिकाको बोटेचौर, मेहलकुना र भेरीगंगा नगरपालिकाको छिन्चु बजार क्षेत्रमा पनि प्रशासनले अनुगमन गरेको छ ।

अनुगमनका क्रममा खाद्य, किराना तथा विभिन्न उपभोग्य साम्रगी बिक्रीवितरण गर्ने २५ वटा पसलहरुबाट म्याद नाघेका वस्तु बरामद गरिएको सूचना अधिकारी रानाले बताउनुभयो । जसमा खाद्य मिति सकिएका खाद्य वस्तुहरु मिन्टु मसला, दालमोट नरिवल लड्डु, केक, क्रिप्स चिप्स, नागिन, दाल, सुजी, काजु केक, चिउरा, चोखो बम, केबी हिरो मिठाई, क्रिम मिल्क र हरियो मटर गरी ३०७ पोका र कोल्ड ड्रिङ्स पाँच दर्जन बरामद गरिएको उहाँले जनाउनुभयो ।

उहाँका अनुसार बरामद गरिएका अखाद्य वस्तुहरु सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृतको रोहवरमा अनुगमन टोलीले जलाएर नष्ट गरेको छ । अनुगमनकै क्रममा भेरीगंगा नगरपालिकाको छिन्चु बजारमा रहेको बराल इन्टरप्राइजेज र स्याङ्जा खाद्य पसलको गोदामबाट केही खाद्य बस्तुको नमुना संकलन कार्य गरिएको थियो ।

सो इन्टरप्राइजेजको गोदामबाट मनोज खाद्य उद्योग वीरगंजबाट उत्पादित मेरो मयुर ब्राण्ड चामलमा उत्पादन मिति उल्लेख नभएकोले ५० बोरा चामल बिक्रीवितरण गर्न रोक्का गरिएको जनाईएको छ । अनुगमनका क्रममा विगतमा भएको अनुगमनमा दिइएका सुझाव कार्यान्वयन भए÷नभएको, व्यापार व्यवसायीहरुले मूल्य सूची राखे÷नराखेको, पसल दर्ताको अवस्था, सामग्रीको व्यवस्थापन, खाद्य सामग्रीमा लेवल भए÷नभएको हेरेर मात्र विक्रि वितरण गर्न सुझाव दिइएको थियो ।

दशैं तथा तिहारमा नागरिकहरुको खाद्य अधिकारलाई सुरक्षित गर्न तथा बजारलाई व्यवस्थित बनाउन अनुगमनकारी कार्यलाई तीव्रता दिईएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिनुभयो । प्रजिअ रिजालले भन्नुभयो, “हामीले खाद्यवस्तुको मात्र होइन, यातायात सञ्चालन प्रणालीलाई सुव्यवस्थित बनाउन प्रशासनको नेतृत्वमा नेपाल प्रहरी, यातायात व्यवस्था कार्यालय र यातायात व्यवसायीहरुको संयुक्त टोलीले अनुगमन गर्दै आएका छौं ।”

सबैले देख्ने गरी कानून बमोजिमको भाडादर बसपार्क क्षेत्र, काउण्टर र प्रतिक्षालयमा टाँस्न, कोभिड–१९ अन्तरगत स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न, क्षमता अनुसार यात्रु चढाउन, गाडीको अवस्था बुझेर मात्र सञ्चालन गर्न, यात्रुको भिडभाड हुने मुख्य मुख्य बसपार्कमा यात्रु सहायता कक्षा राख्नेलगायतका निर्देशन यातायात व्यवसायीहरुलाई दिईएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार हिमाली दुर्गमको सडकमा हुने दुर्घटना जोखिम घटाउन ट्राफिक प्रहरीको नेतृत्वमा गाडीको सिट क्षमता भन्दा बढी यात्रु चढाउने गतिविधिको नियमन गर्न र चालकले मादक पदार्थ सेवन गरे नगरेकोे चेकजाँच गर्ने कार्यलाई पनि तीव्रता दिईएको छ ।

प्रतिकृया दिनुहोस्