OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही आश्विन २१, २०७८जुम्ला,
९१७ पटक

खलंगा असोज २१ गते । नेपाली कांग्रेसका जिल्ला नेता लक्ष्मण शाहीले विद्यालयलाई रु एक लाख ५१ हजार एक सय ५१ रुपैया आर्थिक सहयोग गर्नुभएको छ ।
कालिका माध्यामिक विद्यालय बड्कीलाई सो रकम प्रदान गर्नुभएको विद्यालयले जानकारी गरेको छ ।

उहाँले विद्यालयको बार्षिक उत्सवमा सहयोग गर्ने घोषणा अनुसार सहयोग गरिएको विद्यालयले जानकारी दिएको हो । शिक्षक खम्वा शाहीका अनुसार वुधवार ४९ औ बार्षिक उत्सवको अवसरमा घाेषणा गरिए अनुसार सो रुपैयाको चेक विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्रबहादुर राेकाया, प्रधानाध्यापक खड्कबहादुर शाहीकाे राेहाेवरमा विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो ।

विद्यालयलाई सहयोग गर्ने शाहीले शुभेच्छा, शुभकामना र उत्साहका लागि कालिका माध्यामिक विद्यालय बड्कीलाई रु एक लाख ५१ ह्जार एकसय ५१ रुपैया सहयोग गरिएको र विद्यार्थी भाईवहिनीहरुका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न महत्वपूर्ण, ऐतिहासिक र उल्लेखनिय भूमिकामा हामी सवैले गरिनुपर्नेमा बताउनुभयो । आर्थिक सहयोग गरेपछि शाहीलाई विद्यालयले फुलमालाले स्वागत गरेको छ ।

कालिका माध्यामिक विद्यालयको बार्षिक उत्सवमा शाही सहित आधा दर्जन अभिभावकले स्वस्र्फुत रु ६ लाख बढि आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको विद्यालयले जानकारी दिएको छ । विद्यालयलाई सहयोग गर्नेमा कुैनै दुईमत नभएको तर सहयोग रकम भिन्नै विकास कोष बनाएर पार्देशिता हुनुपर्नेमा स्थानीय बताउछन् ।

कालिका माध्यामिक विद्यालय साविक बड्की गा.वि.सको पहिलो माध्यामिक विद्यालय हो । तर अन्य विद्यालय भन्दा विकासको दृष्टिले ओझेलमा पर्दै आएको छ । विद्यालयले प्राविधिक शिक्षा आईएससि एजी समेत अध्ययन कार्य समेत शुरु गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्