OnlinePana

आज : २०८३ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
भाद्र २४, २०७८
१०१४ पटक

 २४ भाद्र २०७८, बिहीबार

कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले हरितालिका (तीज) पर्व २०७८’ ले समाजमा विद्यमान लैङ्गिक विभेद अन्त्य गरोस् भन्ने शुभकामना सन्देश दिनुभएको छ ।

नेपाली हिन्दु महिलाहरूको महान् पर्व ‘हरितालिका (तीज) २०७८’को अवसरमा सम्पूर्ण नेपाली महिला एवं कर्णाली प्रदेशवासी महिला दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्दै प्रदेश प्रमुख कलौनीले विद्यमान सबै प्रकारका असमानताहरुको अन्त्य गरी समतामूलक समाजको निर्माण गर्नतर्फ उत्प्रेरित हुनुपर्नेमा जोड दिनुभएको छ ।

आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, “नेपाली महिलाहरुले आफ्नो सौभाग्य, पारिवारिक सुख, सु–स्वास्थ्य र दीर्घायुको कामना गर्दै हरेक वर्ष भदौ शुक्लपक्ष तृतीयाको दिन उपवास (व्रत) बसी एक सनातन साँस्कृतिक पर्वको रुपमा यसलाई हर्षोल्लासपूर्वक नाचगानका गरी मनाउने गरिन्छ । तीजलगायतका साँस्कृतिक पर्वहरुले सबै नेपालीहरुको बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पु¥याउँने विश्वास गरेको छु ।”

यो पर्व मनाउने सन्दर्भमा देखिने गरेको भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै मौलिकतालाई कायम राख्न तथा साँस्कृतिक महत्व जोगाउन आग्रह गर्दै प्रदेश प्रमुख कलौनीले तेस्रो भेरियन्टसहितको कोरोना महामारी संकटबाट आफू बच्न र अरुलाई पनि बचाउन सरकारले लागू गरेका स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डहरुको पालना गरी तीज मनाउन महिला दिदीबहिनीलगायत सबैमा आह्वान गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्