Skip Add

OnlinePana

आज : २०७७ कार्तिक १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन ३, २०७६अष्ट्रेलिया
५४ पटक

नेपालको अढाई सय बर्ष पुरानो राजतन्त्रात्मक ब्यबस्था बिरुद्द एक दशकसम्म लाखौ जनतालाई संगठित र ब्यबस्थित बिद्रोहमा सामेल गराएको राजनीतिक आन्दोलन यहि फेब्रुअरी १३ देखि 2५ औ हेमन्तमा लाग्दैछ. आफैमा यो आन्दोलनको जीवन अहिले हेमन्त ऋतुको हिउ सोहोर्दै छ वा शरद ऋतुको सिरेटो व्यहोर्दै छ तर केहि थान नेताहरुको जीवनमा भने बसन्त बहार आएको चाही धुर्ब सत्य हो . यो पंतिकारले आफ्नो जीवनका पुरै दुइ दशक स्वोयाम्सेवी रुपमा यो आन्दोलन भित्र बिताएकाले आफ्ना केहि बिचारहरु यहाँ लेख्दै छु .
१९९६ फेब्रुअरी १३ लाइ आरम्भ बिन्दु मानिएको राजतन्त्र बिरुद्दको नेपाली कान्छो ससस्त्र बिद्रोहले पुरानो ब्यबस्थाको अन्तिम मेरुदण्ड करिब एक लाख सेना बिरुद्द्द एक चौथाई सेना निर्माण गरेको इतिहासको तथ्य हो . देशका नब्बे प्रतिशत भूभागमा नया सत्ताका भ्रुणहरु जन्माएको अर्को तथ्य हो , राजनीतिक तथा फौजी रुपमा पुरानो सत्तालाइ हायल कायल पारेको पनि सत्य हो . सुदुर कर्णालीको अनपढ युबा सुदुर पूर्वको सामरिक नक्शा कोर्दै फौजी श्रेष्ठता कायम गरेको र देशका हजारौ फौजी ठेगानाहरुमा निर्मम हमला गरेको पनि सत्य हो . तर पच्च्चिस बर्ष लाग्दै गर्दा के यी सत्यहरु सपना जस्ता लाग्दैनन् ? र, केहि थान नेताहरु र तिनका परिवार वा भजन मण्डली नया सत्त्ताका मशिहा भएको मात्रै धुर्ब सत्य हो जस्तो लाग्दैन ?
संबिधान सभाबाट नया संबिधान निर्माण भएको र पुरानो ब्यबस्था आर्यघाटमा सेलाइएको सत्य हो तर केन्द्र देखि गाउ गाउ पुगेको सिंहदरबारमा जनताबाट चुनिएका भनिएकाहरु नेपालका अन्तिम राजा जस्तै ब्यापारी र ठेकेदार भएको सत्य स्थापित हुन खोज्दैछ, के यौटा ब्यापारी र ठेकेदार राजा फालेर सैयौ राजाहरुलाई पुनर्स्थापित गर्न लाखौ जनताले आफ्नो आशु पसिना र बलिदानी गरेका थिए ? के समाजबाद ठेक्का पट्टा, कमिशन र भ्रस्टाचारको बाटो हुदै आउने हो ? र ,बैधानिक रुपमा नियुक्त भएका केन्द्र देखि गाउ सम्मका राजाहरुको लागि आएको वा आउदै गरेको समाजबादलाइ आन्दोलनमा इमान्दार र क्रान्तिकारीहरुले काध थामिदिनु पर्ने कुरो ठिक हो ? अथवा तिनलाई चुच्चे टोपी लगिदिन सल्लाह गर्नु अहिलेको सत्य होइन र ?
नेपाली जनयुद्दको पच्चीसौ बर्ष गाठको स्मरण गरिरहदा फागुन १ लाई सकभर बिर्सन खोज्ने नेत्रित्वोको इरादा बेपत्ता हाम्रा पत्रकार मिलन नेपाली लगाएत हजारौ असल नागरिकलाइ बिर्सन खोज्ने होइनर ? बेपत्ता बनाउने हरुलाई उन्मुक्ति , बढुवा र पुरस्कृत गर्न लाखौ घडी र पला जाग्राम हुने नेताहरु बेपता हाम्रा प्रिय कमरेडहरुको खोजिको लागि बिनय गर्दा किन सुतिरहेका होलान ? के यीनले फागुन १ सम्झिरहेका होलान ? सत्य के हो- बेपता योद्दाहरुको लास र सास नभेटिनु सत्य हो कि बेपत्ता गर्नेहरुका पक्षमा सास नफेरी लाग्नु सत्य हो ? के संक्रमंणकालीन न्यायको कुनै गुन्जायस छ ? पिडितलाइ प्रलोभन वा डर धम्कि होइन न्यायको बाटोका पक्षमा ओकालत गर्नु कर्तब्य हो वा अन्याय गर्नेहरुको शासन, ब्यापार र फुल्ली थप्न रबर स्ट्याम्प बनेर उनिहरुसंग लगनगाठो जोड्नु पच्चीस भित्रैको क्रान्तिकारी छलांग हो ? (ओ–अ)प्रिय सत्तासीन कमरेड यो गर्न तिम्रा हातहरु काम्दैनन ? फागुन १ तिमीले इतिहासको गौरवशाली दिन थियो भन्ने बिर्सिसकेको सत्य प्रमाण यही होइनर ?
यसै फागुनमा तत्कालीन राज्यले हत्या गरेका १४ बर्षका दिल बहादुर रम्तेल अहिले चालिसको फेरोमा लाग्थे र उनि पछी क्रमश पछिल्लो मितिमा लगातार दश बर्ष सम्म मारिएका र जनताको ब्यबस्थाकालागि बिरता पुर्बक मृत्यु स्वीकार गरेका १४ हजार सुन्दर जीवनहरुको बलिदानमाथि नैतिकहीन राजनीति गर्नु भन्दा सहिदको रगत पोखिएको माटो छोएर नैतिकहीनहरुको भण्डाफोर गर्नु सत्यको पक्ष लिनु हो . सहिदको बलिदानीबाट आएको र ल्याएको सार्बभौम संसदमा राजतन्त्रको कुडा कर्कटलाइ उनीहरुको डाकागीरी र हत्या हिम्शाको पुरस्कार स्वोरुप भब्य सपथग्रहण गराउनु रातो गलैचा कुल्चिदै प्रतिक्राती आगनमा आइपुग्नु होइनर ?
प्रतिक्रान्तिलाई रातो गलैचाको बाटो हुदै स्वागत गर्ने तर क्रान्तिकारीहरु बाध्यताले देश निकाला भएकोमा क्रिसमस केक काट्नेहरुबाट पछिल्लो क्रान्तिका उपलब्धिहरु अपहरित भएका छन् . के ति अपहरणकर्ताहरु बिरुद्द बोल्नु यो युगको आवश्यकता होइन ? फागुन १ वा फेब्रुअरी १३ को संदेश यो पच्चीस बर्ष पछी पनि यहि हो कि क्रान्तिका अपहरणकर्ताहरु बिरुद्द निरन्तर आवाज जारि राखौ. शान्ति र अन्यायको पक्षको हाम्रो आवाजले उनीहरुको स्वोर्गमा खैलाबैला मच्चिन्छ भने दुन्दुभी अझै जारि राखौ . के यो अहिलेको सत्य यहि होइनर ?
आन्दोलनको फुट र विभाजन गर्दै अप्राकृतिक एकतामा रमाउने र नया सस्करणको राजतन्त्र बिरुद्दा आवाज उठाउनेलाइ अझै पनि जेलमा कोच्ने प्रचलनलाइ बैधानिक बनाइएको छ . अन्याय , भ्रटाचार र अशान्तिका बिरुद्द शान्ति,न्याय र शिष्टाचार मार्फत अपुरा राजनीतिक मुद्दाहरुलागि आवाज उठाउनेहरुको निवास जेल नै हो भने त्यो सत्य स्वीकार गर्न अर्को पुस्ता जन्मनु अनिवार्य छ . यदि (ओ-अ) प्रिय सतासीन लाल मित्रहरु तिमि बन्दुकले होइन बिबेकले शासित छौ भने र राजनैतिक नैतिकताको झिनो अम्श बाकि छ भने अघिल्लो राजतन्त्र देखि पछिल्लो तिम्रो राजतन्त्रसम्मका सबै झुठ्ठा मुदा माघ अन्तिम दिन अगेनामा जलाउ र फागुन १ मा निसर्त आममाफी सहित शान्तिका परेवा गणतन्त्रको नील गगनमा उड्न देउ .
सलाम
महान नेपाली जनता
उसको अदम्य साहसको बिद्रोह
जो महान थियो ,
रहिरहने छ – यो ‘प्लानेट’ रहेसम्म .
तिमीले,
क्रान्तिकारीका हत्याराहरुसंग
रोज ‘रोज’ साटीरहदा
र, उनिहरुसंगै प्रेम गर्ने ‘प्रपोज’ दोहोर्याउदै गर्दा
हामी भने बिर्सने छैनौ-
फेब्रुअरी १३ को आधिहुरी ,
तर बरु बिर्सने छौ १४को भ्यालेन्टाइन.

प्रतिकृया दिनुहोस्