
२५ जेठ २०८३, सोमबार
कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा जारी प्रथम यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा घरेलु टोली कर्णाली प्रदेशले लगातार दोस्रो हार व्यहोरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) र कर्णाली प्रदेश क्रिकेट संघको आयोजनामा जेठ २२ गतेदेखि असार एक गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा मधेशले लगातार दोस्रो जीत हात पारेको छ भने सुदूरपश्चिम प्रदेशले अहिलेसम्म खेलेका तीन वटै खेल जितेर उपाधिको दावेदारीलाई बलियो बनाएको छ ।
वीरेन्द्रनगरको कालुङचोक मैदानमा कर्णालीविरुद्धको खेलमा मधेशले नौ विकेटको फराकिलो अन्तरले जित्यो । आफ्नो पहिलो खेलमा कोशीमाथि रवाफिलो जीत निकालेको मधेसले लगातार दोस्रो जीतसँगै महत्वपूर्ण चार अंक प्राप्त गरेको छ । पहिले व्याटिङ थालेको कर्णालीले चार विकेटको क्षतिमा १०३ रनको लक्ष्य दिएको थियो । मधेसले यो लक्ष्य ९.१ ओभरमा एक विकेट गुमाएर पुरा ग¥यो ।
घरेलु मैदानमा कर्णालीलाई सम्मानजनक स्कोरसम्म पु¥याउन कप्तान तिर्सना विश्वकर्माले नटआउट ४९ रनको पारी खेल्दा उमा चौधरीले ३३ रन जोडेर कप्तानलाई दरिलो साथ दिनुभयो । जम्मा १ रन जोडेकी कर्णालीकी ओपनर सरिता विष्ट पहिलो ओभरमै रन आउट भएपछि दोस्रो ओभरमा अर्की ओपनर सोविता शाही, साक्षी यादवको बलमा शून्यमै आउट हुन पुग्नुभयो ।
छैटौं ओभरको खेल सकिँदा शिखा दुवाडी पनि ५ रनमा डगआउट फर्किएपछि कमजोर बनेको कर्णालीलाई तिर्सना र उमाले १०२ रनको सम्मानजनक स्कोरसम्म पु¥याउनुभयो । दुवैले सम्हालिएर ब्याटिङ गर्दै चौथो विकेटका लागि ८६ रनको साझेदारी गर्नुभयो । अर्धशतक पुरा गर्नबाट जम्मा १ रनले चुकेकी तिर्सनाले ६५ बलको सामना गर्दा ३ चौकासहित ४९ रन बनाउनुभयो । अर्को छेउबाट साथ दिनुभएकी उमाले ३३ बलमा ४ चोकासहित २९ रन जोड्नुभयो ।
जवाफी ब्याटिङमा उत्रिएको मधेसका लागि ओपनरद्वय सना परविनले नटआउट ४४ र एलिशा यादवले ४७ रन जोड्दै आठौं ओभरसम्म साझेदारी गर्दै मधेसको जीत सुनिश्चित गर्नुभयो । पहिलो खेलमै अर्धशतकीय पारी खेलेकी सनाले २१ बलमा ९ चौका र एलिशाले ३३ बलमा ८ चौका र एक छक्कासहित ४७ रन बटुलेर जीतको आधार तयार गर्नुभयो ।
आक्रामक खेल खेल्दै अर्धशतकतिर लम्किएकी एलिशालाई आठौं ओभरको चौथो बलमा कर्णालीकी समीक्षा बिसीले एलबीडब्ल्यू धरापमा पार्नुभयो । खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई ८ विकेट पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ रोजेको लुम्बिनीले ओपनर अञ्जली पाठकको ७६ र आशना चौधरीको २४ रनको मद्दतमा ५ विकेट गुमाएर १४१ को स्कोर बनाएको थियो । लुम्बिनीका अरु ब्याटरले दोहोरो आँकडा छुन सकेनन् ।
३१ रन अतिरिकत खर्चिदै कमजोर बलिङ प्रर्दशन गरेको सुदूरपश्चिमका लागि ओपनरहरुले नै जीतका लागि १३२ रनको साझेदारी गर्दै बलियो जग बसाले । ४५ बलको सामना गरेकी प्लयेर अफ द म्याच सावित्री धामीले एक छक्का र ११ चौकासहित नटआउट ७६ रन बनाउँदा दोस्रो क्रमकी करुणा विष्टले पनि चार चौकासहित ४० बलमा ४५ रन बटुलेर साथ दिनुभयो ।
पहिलो खेलमा पूर्वेली टोली कोशीमाथि ८९ रनको जीतसहित प्रतियोगिताको शुरुवात गरेको सुदूरपश्चिमले दोस्रो खेलमा बागमतीलाई पराजित गरेको सुदूरपश्चिम तेस्रो जीतसँगै छ अंक जोडेर शीर्षस्थानमा उल्किएको छ ।



