OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र २३, २०७८काठमाडौं
८६९ पटक

२३ भाद्र २०७८, बुधबार

एजेन्सीः यो संक्रमणकालीन अवस्थामा अफगानिस्तानमा तालिबानले अन्तरिम सरकार घोषणा गरेको छ। तालिबानले मुल्लाह मोहम्मद हसन अखुन्दलाई प्रधानमन्त्री बनाएको छ।

तालिबानको शासनकालमा सन् १९९०को दशकमा मुल्लाह मोहम्मद हसन कन्दाहार राज्यको गभर्नर थिए। उनी तालिबानका सह(संस्थापक मुल्लाह ओमर निकटका मानिन्छन्। ओमरलाई संयुक्त राष्ट्रसं‌घले कालोसूचीमा राखेको छ।

अखुन्दको उमेर ६० आसपास रहेको बताइएको छ। अखुन्द तालिबान समूहभित्र सबैले मान्ने नेतामा रुपमा चिनिने रोयटर्सले जनाएको छ। उनी यसअघि त्यहाँको उपविदेशमन्त्री समेत रहिसकेका छन्।

तालिबानका प्रवक्ता जुबिहुल्लाह मुजाहिदले मंगलबार पत्रकार सम्मेलनमार्फत अन्तरिम सरकारको घोषणा गरेका हुन्।

तालिबानको राजनीतिक कार्यालय प्रमुख मुल्लाह अब्दुल घानी बरादार उप(नेता (उपप्रधानमन्त्री)को रुपमा रहनेछन् भने सिरजुद्दिन हक्कानीलाई अन्तरिम मामिलामन्त्री बनाइएको छ। उनी हक्कानी नेटवर्कका संस्थापकका छोरा हुन्।

तालिवानका संस्थापक मुल्लाह ओमरका छोरा मोहम्मद याकुबलाई रक्षामन्त्री बनाइएको छ। यस्तै, हेदुतल्लाह बाद्री अर्थमन्त्री भएका छन्। तालिबान समूहका वार्ता दलका सदस्य अमिर खान मुताक्कीलाई विदेश मन्त्रालयको जिम्मेवारी दिइएको छ।

३३ सदस्यीय हुने मन्त्रिपरिषद्का अन्य सदस्यहरुको नाम विस्तारै घोषणा गरिने प्रवक्‍ता मुजाहिदले जानकारी दिए। मन्त्रिपरिषद्मा महिला सहभागिता हुने वा नहुने भन्ने विषयमा तालिबानले बताएको छैन ।

प्रतिकृया दिनुहोस्