OnlinePana

आज : २०८२ बैशाख ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
भाद्र १६, २०७८
१०८२ पटक

१६ भदौ २०७८, बुधबार

कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले आफूमाथि सुनियोजित हमला गरिएको बताउनुभएको छ ।

आज पत्रकार सम्मेलनमार्फत कृषिमन्त्री शाहीले नेकपा एमाले कर्णाली प्रदेशसभा दलको नेता यामलाल कँडेलको नाम किटान गर्दै उहाँकै योजनामा महिलामाथि यौन दुर्व्यवहारको आरोप लगाएर आफूमाथि राजनीतिक आक्रमण शुरु गरिएको दोषारोपण गर्नुभयो । समाचार आएको ८ मिनेटमा नेता कँडेलले वक्तव्यमार्फत आफूलाई बर्खास्त गर्न सरकारलाई दबाब दिएको उहाँले जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, “फ्लोर क्रस गरेदेखि ममाथि शत्रुभावका साथ हेर्न थालिएको छ । काईन मास्टरले बनाएको भिडियो सुनियोजित हो । अब भिडियो फोरेन्सिक ल्याब जाँच गर्नुस्, थाहा भईहाल्छ नि ?” स्याल कराएको आवाजमा बाख्रा हराउने होइन नि ? भन्ने तर्क गर्दै उहाँले आफूले कसैको अभिष्ट पुरा गर्न राजीनामा नदिने प्रतिक्रिया दिनुभयो ।

जबरजस्ती ढंगले महिलालाई पीडित बनाउन खोजिएको भन्दै उहाँले महिलाले यसअघि पत्रकार सम्मेलनमार्फत आफू पीडित नभएको कुरा प्रष्ट पारिसकेको बताउनुभयो । अब महिला स्वयंले पीडित बनाउने विरुद्ध मुद्दा हाल्न सक्ने उहाँको भनाई थियो । जबरजस्ती पीडित बनाएर घटनालाई राजनीतिकरण गर्न खोजिएको उहाँको आरोप थियो ।

अब अपराधी को ? भन्ने विषयमा पनि आफ्नो क्षेत्रबाट अध्ययन हुने भन्दै मन्त्री शाहीले पीडित महिलाका विषयमा किन प्रहरी प्रशासन वा अदालतले उजुरी लिन मानेन भनेर दबाब दिनुको साटो सडकमा आन्दोलन गरेर कँडेलको निर्देशनमा राजनीतिक रंग देखाएको टिप्पणी गर्नुभयो ।

प्रतिकृया दिनुहोस्