OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र १३, २०७८सुर्खेत
३६२ पटक

१३ भाद्र २०७८, आईतबार

कर्णाली करिडोरअन्तर्गत सान्नीत्रिवेणी गाउँपालिका २ कालीकोटको आम्तडामा जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

शान्ति घाटदेखि जितेगाडका लागि छुटेको मानसरोवर यातायातको क १ ज २३ नम्बरको जीप दुर्घटना हुँदा करिब २२ वर्षीय चालक विक्रम गिरीको घटनास्थलमै ज्यान गएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् ।

उक्त घटनामा घाईते पाँचको अवस्था गम्भीर भएकोले हेलिकोप्टर बोलाईएको तर मौसम खराबीका कारण बीचैबाट फर्केको प्रवक्ता श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार अहिले गम्भीर घाईते पाँच जनालाई ल्याउनका लागि सशस्त्र प्रहरी गाडी त्यस्तर्फ पठाईएको छ । छ जनाको भने रास्कोट अस्पतालमै उपचार भईरहेको उहाँले जनाउनुभयो ।

प्रहरीका अनुसार घाइते हुनेहरुमा कालीकोट रास्कोट नगरपालिका ९ का नरपति लोहार, लक्ष्मी बराल, जगत तिरुवा, प्रेम बराल, टेक लोहार र रास्कोट ७ का कमलराज शाही, सान्नीत्रिवेणी गाउँपालिका ६ का बदे संज्याल, रन्तप्रसाद संज्याल, सुन्दर संज्याल, तिलकप्रसाद संज्याल र पँचाल झरना गाउँपालिका ९ की अनिता शाही रहेका छन् ।

प्रतिकृया दिनुहोस्