OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ ६, २०७६ सुर्खेत
३७९ पटक

सुर्खेत, ६ माघ ः यातायात व्यवस्था कार्यालय सुर्खेतले आजबाट सवारी चालक अनुमति पत्र वितरण कार्य शुभारम्भ गरेको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले स्वीच अन गरेर स्मार्ट सवारी चालक अनुमति पत्र शुभारम्भ कार्यक्रमको उद्घाटन गर्नुभयो । शुभारम्भ कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले चालक अनुमति पत्र व्यक्तिको दक्षताका आधारमा मात्र प्रदान गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।
“यातायात क्षेत्र अति संवेदननशी जगत् हो । उद्धार भएर सवारी अनुमति पत्र दिने काम कर्मचारीहरुले नगर्नुस् ।” उहाँले भन्नुभयो, “यसका लागि कसैले माथिल्लो तहबाट पनि दबाब दिने काम नगरौं ।” उद्धार भएर अनुमति पत्र दिने र दबाब दिने तथा लिनेलाई कारवाही गर्ने उहाँले चेतावनी दिनुभयो ।
उहाँले अगाडि भन्नुभयो, “कर्णालीमा भौगोलिक जटिला धेरै भएकोले सानो कमजोरीले पनि ठूलो जनधनको क्षेति हुने संभावना छ । यसमा सबैले ध्यान दिन जरुरी छ ।” यातायात क्षेत्रको उचित व्यवस्थापनका लागि कानून निर्माण गरिने मुख्यमन्त्री शाहीले बताउनुभयो ।
अहिले डोजर पुगेका ठाउँमा गाडी लैजान काम रोक्ने भन्दै मुख्यमन्त्री शाहीले थप्नुभयो, “यो क्षेत्रमा कसैको जीवनसँग खेलवाड नहुनेगरी सडकको मापदण्ड हेरेर मात्र सवारी सञ्चालन अनुमति दिन्छौं ।” अहिलेसम्म यातायात व्यवस्था कार्यालयमा सबैभन्दा बढी अनियमितता भएको भन्दै उहाँले यातायात क्षेत्र अख्तियारको निगरानीमा रहेको जनाउनुभयो ।
मुलुक बनाउन सभ्य संस्कृति र सहज वातावरण तय हुनुपर्दछ । समृद्धिको पहिलो जग सभ्यता नै हो । अहिले आफू मात्र राम्रो, अरु सबै गलत हुन् भन्ने प्रवृतिले समाजका सबैखाले संरचना र कामहरु प्रभावित भएका छन् । हाम्रो आजको शिक्षाले भावी कस्तो पुस्ता निर्माण गर्ने हो भन्ने कुरा पनि सोच्न जरुरी छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव रामआधार साहले कर्णालीबासीले नेपालगञ्ज जानुपर्ने बाध्यता हटेको जनाउनुभयो । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले यातायात व्यवस्थापनका लागि प्रदेश सरकारले ऐन तथा कार्यविधि बनाएर कार्यान्वयनमा लैजान सुझाउनुभयो ।
प्रजिअ अधिकारीले भन्नुभयो, “सुर्खेतमा ९०० ट्याम्पो दता गर्ने भनिएपनि एक हजार ८७० ट्याम्पो रहेका छन् ।” जसमा ४०० ट्याम्पोले मात्र प्रक्रिया पुर्याएर दर्ता गरेका छन् । ट्याम्पो लगायत सबै सवारी साधन तथा वितरण प्रणालीलाई व्यवस्थित गरेर लैजानुपर्दछ ।
यातायात व्यवस्था कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख आनन्द चौलागाईंले ईकाई कार्यालयबाट शुरु भएको कार्यालय असोज ६ गतेदेखि सेवा कार्यालयबाट व्यवस्था कार्यालयमा रुपान्तरण भएको जानकारी दिनुभयो । उहाँका अनुसार गत आव.मा रु.नौ करोड ७१ लाख राजश्व संकलन गरेको यातायात व्यवस्था कार्यालय सुर्खेतले चालु आवको पुससम्म रु.छ करोड ४६ लाख राजश्व संकलन गरेको छ ।

प्रतिकृया दिनुहोस्