OnlinePana

आज : २०८२ बैशाख ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
भाद्र ९, २०७८
७९५ पटक

९ भाद्र २०७८, बुधबार

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताका लागि केन्द्रीय सदस्य तथा संघीय साँसदहरुले निर्वाचा आयोगमा पुगेर सनाखत गरेका छन् । माधव नेपाल नेतृत्वको पक्षमा नेकपा (एकीकृत समाजवादी) बाट ५५ जना केन्द्रीय सदस्यले सनाखत गरेका छन्।

नेकपा एमाले विभाजन भएर बनेको नयाँ पार्टी दर्ताका लागि पूर्वप्रधानमन्त्री झलनाथ खनालले भने भारतको नयाँदिल्लीबाटै गर्नुभएको छ ।

नेता नेपाल पक्षीय अरू नेताहरु निर्वाचन आयोग पुगेर सनाखत गरे पनि नयाँदिल्लीमा उपचार गराइरहेका खनालले उतैबाट सनाखत गर्नुभएको हो । प्रदीप नेपाल पनि माधव नेपाल नेतृत्वको समाजवादी पार्टीमा सनाखतका खुलेरै हस्ताक्षर गर्नुभएको ।

यस्तै जनता समाजवादी पार्टीबाट छुट्टिएर नयाँ पार्टी दर्ता गर्न संघीय संसदका १४ जना सांसदले आजै निर्वाचन आयोग पुगेर सनाखत गरेका छन्।

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ताका लागि बुधबार आयोगमा प्रतिनिधि र राष्ट्रिय सभाका १४ सांसदले सनाखत गरेको नेता केशव झाले दिनुभयो ।

जसपामा हाल प्रतिनिधि सभामा ३४ र राष्ट्रिय सभामा तीन जना सांसद छन्। तीमध्ये दुई जना निलम्बनमा परेका छन्।

निलम्बनमा परेका सांसद रेशम चौधरीले डिल्लीबजार कारागारबाट मञ्जुरीनामा दिएको झाले जनाउनुभयो । चौधरीसहित प्रतिनिधि सभाका १४ र राष्ट्रिय सभाका एक जना सांसदले नयाँ पार्टी दर्ताका लागि सनाखत गरेको उहाँको भनाई थियो ।

सनाखत गरेसँगै नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी० र ठाकुर नेतृत्वको लोसपा दर्ता हुने भएको छ। सरकारले जारी गरेको अध्यादेश अनुसार कुनै दल विभाजन हुन केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत बहुमत पुग्ने व्यवस्था छ।

प्रतिकृया दिनुहोस्