OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र ७, २०७८काठमाडौं
८२० पटक

७ भाद्र २०७८, सोमबार

एजेन्सीः २५ वर्ष पहिले तालिबानले अफगानिस्तानमा कब्जा गरेपछि छोरीहरुलाई स्कुल जान प्रतिबन्ध लगाइयो र सबै छात्राहरुका शैक्षिक कागजपत्रहरु जलाइयो । मार्च २००२ मा अमेरिकाले तालिबानीलाई भगाएपछि अफगानी छात्राहरुले प्लेसमेन्ट परीक्षा दिएर आफ्नो योग्यता प्रमाणित गरे । त्यसपछि छात्राहरुको लागि स्कुलको जग हालियो । अहिले तालिबान फेरि फर्किएपछि त्यहाँका छात्राहरुका दस्तावेजहरु जलाउन थालिएका छन् ।

२५ वर्षअघि शैक्षिक दस्तावेजहरु जलाइएका छात्राहरुमध्ये शबाना बासिज पनि एक थिइन् । उनका सबै शैक्षिक कागजपत्र तालिबानले जलाइदिएपछि उनले फेरि पढ्नको लागि परीक्षा दिएकी थिइन् । अहिले शबाना अफगानिस्तानको एकमात्र कन्या स्कुलकी संस्थापक र अध्यक्ष हुन् । उनले आफ्नो स्कुलका सबै छात्राहरुको रेकर्ड जलाइदिएकी छिन् । बासिजले आफ्ना छात्राहरु र उनीहरुका परिवारको सुरक्षाका लागि यस्तो गरेकी हुन् ।

शबानाले ट्वीटरमा लेखेकी छिन् ‘लगभग २० वर्षपछि अफगानिस्तानमा छोरीहरुका लागि एकमात्र बोर्डिङ स्कुलकी संस्थापकको रुपमा मैले आफ्ना सबै छात्राहरुको रेकर्ड जलाउँदैछु । म यस्तो यी रेकर्डहरु मेटाउनको लागि होइन बरु ती छात्राहरु र उनीहरुका परिवारलाई बचाउनको लागि गरिरहेकी छु ।’ शबानाका अनुसार उनीसँग काम गर्नेहरु र उनका छात्राहरु सुरक्षित छन् तर अफगानिस्तानमा धेरै मानिसहरु सुरक्षित छैनन् ।

तालिबानले काबुलमा कब्जा गरेपछि आफ्नो शासनमा महिलाहरुको अधिकार सुरक्षित भएको र इस्लाममा महिलाहरुलाई जति अधिकार दिइएका छन् ती सबै अधिकार दिइने बताएको छ । तालिबानले कैयौं भिडियो जारी गरेर छात्राहरुका स्कुल खुलेका छन् र उनीहरु पूरै स्वतन्त्रताका साथ स्कुल गइरहेका छन् भन्ने देखाउने प्रयास गरेको छ । तर, अफगानिस्तानमा धेरैजसो मानिसहरुलाई तालिबानमाथि विश्वास छैन । यही कारण काबुलका भित्ताहरुमा भएका महिलाहरुका पोस्टर हटाइएका छन् ।

 

प्रतिकृया दिनुहोस्