२०७८ भदौ १ गते । कोरोना भाईरसका कारण जुम्लाका सवै धार्मिक जात्रा यस बर्ष पनि नहुने भएका छन् ।
जिल्ला कोभिड व्यवस्थापन समितिको बसेको बैठकले कोरोना संक्रमण बढ्दै गईरहेको समयमा तेस्रो भेरियन्टको कोरोना सर्न सक्ने भन्दै समितिले सवै धार्मिक मेला गर्न नपाईने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बिजया प्रसाईले जानकारी दिनुभयो ।
उहाँका अनसार धार्मिक मेलाले कोभिड संक्रमण बढ्ने भएकाले पूर्ण वन्द गर्ने निर्णय गरिएको छ । यसैगरी पछिल्लो समय दिउसो ४ बजे देखी गर्दै आएको निषेधाज्ञा निरन्तरता दिईएको छ । दुईसाता सम्मका लागि सोही समय भन्दा पछि अत्यावश्यक काम वाहेक भिडभाड गर्न नपाईने तथा बजार बन्द हुदै आएको छ ।
तेस्रो भेरियन्टको कार्ययोजना बनाउने ः
कोभिड व्यवस्थापन समितिको सोमबार बसेको वैठकले स्थानीय तहले तेस्रो तहको कोभिड भेरियन्टको रोकथामको कार्ययोजना बनाउने समेत निर्णय भएको छ । यसैगरी कोरोनाको संक्रमण दर खासै कम नभएकाले सचेत रहन स्वास्थ्यकर्मीले सूझाव दिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर राजिव शाह, जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख कृष्ण सापकोटा र चन्दननाथ नगरपालिकाका स्वास्थ्य निरीक्षण क्षेत्रबहादुर महतले जिल्ला र नगरपालिकाको स्वास्थ्य अवस्थाको जानकारी दिएका थिए ।
जिल्ला जनस्वास्थ्य सेवा कार्यालयको प्रतिवेदन अनुसार हाल सम्म १६ जनाको कोरोनाका कारण मृत्यू भएको छ । यसैगरी एक हजार दुई सय ४४ जना कोरोना पोजेटिभ मध्इ एक सय पाँच जना एक्टिभ केस रहेका छन् ।
वैठकमा व्यापारीलाई अनिवार्य मास्क सेनिटाईजन राख्नुपर्ने सूझाव आएको छ । नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले परीक्षणनै बढि गर्नुपर्नेमा जोड दिनुभयो ।
क्याप्सन ः जिल्लाको विपत संकट व्यवस्थापन वैठक तस्बिर नेत्र शाही जुम्ला ।
नेत्र शाही,भाद्र १, २०७८जुम्ला,
८७४ पटक
- जुम्ला सड्क खण्डमा स्कुटर दुर्घटना : एककाे मृत्यु
- डोल्पा जीप दुर्घटनामा एकको मृत्यु, ११ घाईते
- प्रतिपक्षीको अवरोधपछि कर्णाली प्रदेशसभाको बैठक पुनःस्थगित
- गुठिचौरमा आईएनफको सामाजिक लेखापरीक्षण सम्पन्न
- सरकार र प्रमुख प्रतिपक्षीबीच सहमति नहुँदा प्रदेशसभा बैठक बस्न सकेन
- कनकासुन्दरी गाउँपालिकाकाे सार्वजनिक सुनुवाई सम्पन्न : लक्ष्य भन्दा बढि राजश्व उठाउन सफल
- मुगुमा स्वयंसेवी रक्तदाता समिति गठन
- कर्णालीमा मनाइयो स्नेह र मौलिकताको पर्व ‘साउने संक्रान्ति र देउडा’
- कर्णालीका सडक पूर्वाधारको साताव्यापी निरीक्षणमा मन्त्री लम्साल
- फुटबलका पूर्व राष्ट्रिय कप्तानहरु सुर्खेतमा केन्द्रित




