OnlinePana

आज : २०८३ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन १९, २०७८काठमाडौं
५५७ पटक

१९ साउन २०७८, मंगलबार

नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव नेपालले माक्र्सवाद आजपनि सान्दर्भिक रहेको बताउनुभएको छ ।

माक्र्सवादी ज्ञान केन्द्र तथा संयुक्त प्रदेश समितिद्वारा आज आयोजित भर्चुअल ‘माक्र्सवादी आधारभूत कक्षा समापन’ कार्यक्रममा बोल्दै बरिष्ठ नेता नेपालले संसारका कुनैपनि सिद्धान्त माक्र्सवादसँग मिल्न नसक्ने र व्यवहारिक नभएको बताउनुभयो । मूलतः जीवनलाई परिवर्तन गर्ने सिद्धान्तका रुपमा माक्र्सवादलाई कम्युनिष्टहरुले अनुसरण गरेको धारणा उहाँले व्यक्त गर्नुभयो ।

“राजनीतिक क्षितिजमा नेपालमा कम्युनष्टि पार्टी ठूलो छ यद्यपि बेलैमा विचार नपुर्याउने हो भने यो हेर्दाहेर्दै सकिन सकिन सक्छ,” नेता नेपालले भन्नुभयो, “त्यसैले विचारमा प्रष्ट हुँदै लक्ष्यमा विश्वस्त भएर दह्रो संकल्पका साथ उद्देश्य परिपूर्तिका लागि जोखिम उठाउने आँट गरेर संसार परिवर्तनका लागि आफूलाई बदल्ने कोशिस गरौं ।”

असर काम गर्नुपर्दछ, चरित्रवान बन्नुपर्छ भन्दै सिद्धान्तका कुरा गर्ने तर जीवन र जगतलाई परिवर्तन गर्न नचाहने पाखण्डीपनले कम्युनिष्टहरुमा संकट देखिएको उहाँको भनाई थियो । अहिलेसम्म विकास भएका सबै कुरा माक्र्सवादमा आधारित भएको जनाउँदै नेता नेपालले कम्युष्टिहरुको असफलताले मुलुक असफल भएको बताउनुभयो ।

उक्त भर्चुअल कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले विश्व सर्वहारा वर्गको नायक कार्ल माक्र्सवादद्वारा प्रतिपादित सिद्धान्त ‘माक्र्सवाद’ मानव ईतिहास विकासको पूँजी भएको बताउनुभयो । मानव समाजको अस्तित्वमा रहेका विभिन्न विशेषता र विभेदहरुलाई सुक्ष्म अध्ययन गरी सामाजिक न्याय र समानताका बारेमा ज्ञान दिलाउने वस्तुवादी माक्र्सवादी सिद्धान्त हरेकले अध्ययन गर्नुपर्नेमा उहाँको जोड थियो ।

माक्र्सवादी ज्ञान केन्द्रका अध्यक्ष नमिता न्यौपानेले साउन ११ गतेदेखि आजसम्म सञ्चालन आधारभूत माक्र्सवादी कक्षा सञ्चालन गरिएको जनाउँदै साझा संस्था ज्ञान केन्द्रमा सबैलाई समाहित भएर जान आग्रह गर्नुभयो ।

 

प्रतिकृया दिनुहोस्