२८ असार २०७८, सोमबार
नेकपा (एमाले)का सचिव योगेश भट्टराईले सर्वोच्च अदालतको फैसलाको स्वागत गर्नुभएको छ। प्रतिनिधिसभा पुनःस्थापना गर्ने र प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न सर्वोच्च अदालतले सोमबार परमादेश जारी गरेपश्चात् सचिव भट्टराईले सो प्रतिक्रिया दिनुभएको हो ।
सर्वोच्चको आदेशपछि एमाले उहाँले सामाजिक सञ्जालमार्फत स्वागत गर्नुभएको हो। प्रतिनिधिसभाको पाँच वर्षको कार्यकालको सुनिश्चितता गर्न पनि सचिव भट्टराईले आग्रह गर्नुभएको छ ।
ुसर्वोच्च अदालतको संवैधानिक बेन्चद्वारा प्रतिनिधिसभाको पुनः स्थापना गर्ने गरी गरेको आदेशको सम्मान र स्वागत गर्दछु,ु भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, बदलिएको परिस्थितिमा प्रतिनिधिसभाको बाँकी कार्यकालको सुनिश्चिततासहित नेकपा (एमाले)को एकतालाई जोगाउन एमालेका समस्त नेता र कार्यकर्ता कमरेडहरूमा संयम र धैर्यताकासाथ अघि बढ्न आह्वान गर्दछु ।ु
एमाले कार्यदलले आइतबार गरेको १० बुँदे सहमतिलाई इमानदारिताका साथ कार्यान्वयन गर्नुपर्ने पनि भट्टराईको भनाइ छ । ुहिजो भएको १० बुँदे सहमतिलाई इमन्दारिताका साथ कार्यान्वयन गर्दै एमाले संसदभित्र र बाहिर पनि एक ढिक्का रहने छ भन्ने विश्वास व्यक्त गर्दछु, सामाजिक सञ्चालमा लेख्दै उहाँले भन्नुभएको छ ।