OnlinePana

आज : २०८२ बैशाख ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ २९, २०७८
६६१ पटक

 २८ असार २०७८, सोमबार

नेकपा (एमाले)का सचिव योगेश भट्टराईले सर्वोच्च अदालतको फैसलाको स्वागत गर्नुभएको छ। प्रतिनिधिसभा पुनःस्थापना गर्ने र प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न सर्वोच्च अदालतले सोमबार परमादेश जारी गरेपश्चात् सचिव भट्टराईले सो प्रतिक्रिया दिनुभएको हो ।

सर्वोच्चको आदेशपछि एमाले उहाँले सामाजिक सञ्जालमार्फत स्वागत गर्नुभएको हो। प्रतिनिधिसभाको पाँच वर्षको कार्यकालको सुनिश्चितता गर्न पनि सचिव भट्टराईले आग्रह गर्नुभएको छ ।

ुसर्वोच्च अदालतको संवैधानिक बेन्चद्वारा प्रतिनिधिसभाको पुनः स्थापना गर्ने गरी गरेको आदेशको सम्मान र स्वागत गर्दछु,ु भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, बदलिएको परिस्थितिमा प्रतिनिधिसभाको बाँकी कार्यकालको सुनिश्चिततासहित नेकपा (एमाले)को एकतालाई जोगाउन एमालेका समस्त नेता र कार्यकर्ता कमरेडहरूमा संयम र धैर्यताकासाथ अघि बढ्न आह्वान गर्दछु ।ु

एमाले कार्यदलले आइतबार गरेको १० बुँदे सहमतिलाई इमानदारिताका साथ कार्यान्वयन गर्नुपर्ने पनि भट्टराईको भनाइ छ । ुहिजो भएको १० बुँदे सहमतिलाई इमन्दारिताका साथ कार्यान्वयन गर्दै एमाले संसद‌भित्र र बाहिर पनि एक ढिक्का रहने छ भन्ने विश्वास व्यक्त गर्दछु, सामाजिक सञ्चालमा लेख्दै उहाँले भन्नुभएको छ ।

प्रतिकृया दिनुहोस्