काठमाडौं, २५ फागुन २०७७
सहसचिव गोगनबहादुर हमालको सूचना तथा प्रसारण विभाग महानिर्देशकको पदमा वहाली हुनु भएको छ । जुम्लाका स्थायीवासी सहसचिव हमालको एक साता अघि सरुवा भएको थियो ।
यो भन्दा पहिले १४ महिना यातायात व्यवस्था विभागमा महानिर्देशकको रुपमा काम गर्नुभएका उहाँले आईतवारबाट सूचना विभागमा हाजिर भएको जानकारी दिनुभयो ।
महानिर्देशक हमालले सूचना क्षेत्र निकै संवेदनशिल भएकाले यस क्षेत्रबाट गरिने कामहरु प्रभावकारी तथा थप सजिलो कसरी गर्नेमा जोड दिने महानिर्देशक हमालले जानकारी दिनुभयो । उहाँले मन्त्रालय, नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल, सरोकार राख्ने निकाय र व्यक्तिहरुको सूझावमा सृजनात्मक काम गर्न प्रयास गर्ने बताउनुभयो ।
सहसचिव हमाल सानो उमेरमै सहसचिव हुने व्यक्ति हुनुहुन्छ । जुम्लाका जयनारायण आचार्य र महानिर्देशक हमाल दुई जना प्रशासनिक क्षेत्रको सहसचिव पदमा पुगेका छन् ।