OnlinePana

आज : २०८३ आषाढ २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २६, २०८३जुम्ला,
३० पटक

नेत्र शाही/जुम्ला,

असार २६ गते । विश्वको सवैभन्दा उचाईमा रहेको छुमचौरको छेउ र पातारासी हिमालको काखमा एथलेटिक्स खेलाडिका लागि अवौको परियोजना कर्णाली हाईअल्टिच्युट ट्रेनिङ सेन्टर सिलान्यास भएको छ ।  विशेषगरी हिमाली तथा पहाडि क्षेत्रमा दौड्ने एथलेटिक्स खेलाडिका लागी नेपाल सरकारको अपनत्वमा निर्माण गर्न थालिएको पातारासी गाउँपालिका वडा नम्बर ३ मा सो ट्रेनिङ सेन्टरको पुर्वसासद तथा रास्वपाका केन्द्रीय सदस्य विनिता कठायत र जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले सिलान्यास गर्नु भएको छ ।
झण्डै दुई हजार नौसय मिटर उचाईरमा रहेको उक्त स्थानमा खेल खेल्ने आधुनिक रंगशाला सहितको संरचना निर्माणका लागि शुरुवाति काम अगाडि बढेपछि स्थानीय नागरिक तथा स्थानीय खेलाडि खुशी भएका छन् । विहीवार लोटचौरमा स्थानीयका विचमा एक भब्य कार्यक्रमका बिच स्थानीय देउडा, नाचगान सहित हाईअल्टिच्युट ट्रेनिङ सेन्टर सिलान्यास भएको हो ।

जम्मा एक अर्ब ८७ लाख ७६ हजार तिन सय २७ रुपिइा ७७ पैसा लागतमा डिपिआर तयार गरि प्रारम्भिक काम शुरु गरिएको जिल्ला खेलकुद विकास समितिका प्रमुख कविदत्त न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार प्रारम्भिक काम रु तिन करोडको ठेक्का प्रक्रियाका काम सकिएर संरचना निर्माणका लागि शिलान्यास भएको जानकारी दिनुभयो । उक्त कामको ठेक्का शुरुवातिमा दियो एण्ड लक्ष्मी कन्सट्रक्सन प्रा.लीले प्राप्त गरेको छ । पातारासीमा बन्ने बृहत उक्त हाईअल्टिच्युट ट्रेनिङ सेन्टरको परिकल्पना तथा बन्ने संरचनाको बिषयमा डिपिआर प्रस्तुत गरिएको छ । रारा ईन्जिनियनिङ कन्सल्टेन्सी प्राईभेट लिमिटेडले निर्माण गरेको उक्त डिपिआर तयारकर्ता व्यवस्थापकीय निर्देशक ईन्जिनियर प्रवेश आचार्यका अनुसार त्यहाँ बन्ने संरचनाहरु आधुनिक रंगशाला सहित २१ वटा संरचनाहरु निर्माण हुनेछन् । उहाँका अनुसार आधुनिक रंगशाला सहित खेलमैदान, दुईवटा गेट, टिकट काउण्टर, नागरिकका लागि शौचालय, चारपांग्रे गाडि र मोटरसाईल पार्किङ क्षेत्र निर्माण, खेलाडिको गाडि छुट्टै बस पार्किङ, कवर्डहल, ब्याडमिन्टन कोण, महिला र पुरुषका लागि छात्रावास, स्टाप क्वाटर, क्यान्टिन, प्रशासकीय भवन, फुटवल ग्राउण्ड, रनिङ ट्रेल लगायतका २१ वटा संरचना डिपिआरमा समेटिएका छन् ।

हाई अल्टिच्युट ट्रेनिङ सेन्टरको सिलान्यास गर्दै पुर्वसांसद विनिता कठायतले यो कामका लागि बजेट अभाव हुन नदिने प्रतिवद्धता जनाउनु भयो । उहाँले पुर्व खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठ हुदा रु ६ करोड बजेट आएको अवका दिनमा पनि बजेट प्रथामिकतमा रास्वपा सरकारले प्रथामिकता दिनेमा जोड दिनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीन्द आचार्यले जग्गा विवादका लागि स्थानीय र जिल्लाले गरेको कदम पछि यो कार्य सफल भएकोमा जोड दिनुभयो । पातारासी गाउँपालिका अध्यक्ष पुर्णसिंह बोहराले पातारसी, छुमचौर र लोटचौर अव पर्यटकीय हव बनाउने सपना सुनिश्चित भएकोमा जोड दिनुभयो । गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले कठिन परिस्थितिमा पातारासीमा यो काम हुनु सपना जस्तै लागको बताउदै सफल अभियानमा लाग्ने स्थानीय देखी केन्द्र सम्मका सवैलाई धन्यवाद ज्ञापन गर्नुभयो । सोही क्षेत्र वडा नम्बर ३ का वडाध्यक्ष गोविन्द बुढाले स्थानीयबासी र पातारासीको सपना पुरा गरिदिने सवैलाई धन्यवाद दिनुभयो । स्थानीय युवा धनबहादुर रावतले पातारासीको समृद्धिमा सहयोग गर्ने सवैलाई धन्यवाद दिनुभयो । कार्यक्रममा जग्गादान गर्ने जग्गादाता देखी पहलकर्ता सरोकारवाला पत्रकारलाई सम्मान गरिएको छ ।
जुम्लाबाट गिनिज बुक अफ द वल्र्ड रेकर्ड कायम गरेका एथलेटिक्स खेलाडि हरिबहादुर रोकायाको प्रयासमा अहिले दर्जनौ खेलाडी यहाँ उत्पादन भएका छन् । विश्व च्याम्पियन अल्ट्राधावक सुनमाया बुढा, राममाया बुढा, विश्वरुपा वुढा सहितका खेलाडि यही पातारासी गाउँपालिकामा जन्मेर चम्किरहेका छन् । सुनमायाले त भर्खर सम्पन्न ईटालीको दौड प्रतियोगितता ”ला स्पोर्टिभा लावारेडो अल्ट्रा ट्रेल“ प्रतियोगितामा विश्व कृतिमान गर्नु भएको छ ।

क्याप्सन ः पातारासी गाउँपालिकाको लोटचौरमा कर्णाली हाईअल्टिच्युट ट्रेनिङ सेन्टरको शिलान्यास तस्बिर नेत्र शाही/जुम्ला ।

 

प्रतिकृया दिनुहोस्