OnlinePana

आज : २०८३ जेठ ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,फागुन २५, २०७७काठमाडौं
२६५५ पटक

काठमाडौं, २५ फागुन २०७७

सहसचिव गोगनबहादुर हमालको सूचना तथा प्रसारण विभाग महानिर्देशकको पदमा वहाली हुनु भएको छ ।  जुम्लाका स्थायीवासी  सहसचिव हमालको एक साता अघि सरुवा भएको थियो ।
यो भन्दा पहिले १४ महिना यातायात व्यवस्था विभागमा महानिर्देशकको रुपमा काम गर्नुभएका उहाँले आईतवारबाट सूचना विभागमा हाजिर भएको जानकारी दिनुभयो ।

महानिर्देशक हमालले सूचना क्षेत्र निकै संवेदनशिल भएकाले यस क्षेत्रबाट गरिने कामहरु प्रभावकारी तथा थप सजिलो कसरी गर्नेमा जोड दिने महानिर्देशक हमालले जानकारी दिनुभयो । उहाँले मन्त्रालय, नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल, सरोकार राख्ने निकाय र व्यक्तिहरुको सूझावमा सृजनात्मक काम गर्न प्रयास गर्ने बताउनुभयो ।

सहसचिव हमाल सानो उमेरमै सहसचिव हुने व्यक्ति हुनुहुन्छ । जुम्लाका जयनारायण आचार्य र महानिर्देशक हमाल दुई जना प्रशासनिक क्षेत्रको सहसचिव पदमा पुगेका छन् ।

प्रतिकृया दिनुहोस्