OnlinePana

आज : २०८२ बैशाख ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पौष २, २०७७
१०४५ पटक

 २ पुस २०७७, बिहीबार

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका समन्वय विज्ञ झकबहादुर मल्लले पछिल्लो समयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कर्मचारीको अभाव रहेको बताउनुभएको छ ।

कर्णालीका पत्रकारहरुसँगको भेटघाटमा कार्यक्रममा आज समन्वय विज्ञ मल्लले कर्मचारी अभावका कारण प्रदेश सरकारका काम अपेक्षित ढंगले अघि बढ्न नसकेको बताउनुभएको हो । “मुख्यमन्त्री कार्यालयमा छ जना उपसचिवको दरबन्दी छ तर एक जना उपसचिव मात्र हुनुहुन्छ, उहाँले भन्नुभयो, “त्यस्तै अधिकृतलगायतका अन्य कर्मचारीहरुको पनि त्यस्तै अभाव छ । जसका कारण धेरै काम रोकिएका छन् ।”

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत कर्णालीमा भएको कर्मचारी अभावको समस्या समाधानका लागि कर्णाली प्रदेश लोक सेवा आयोग गठन गरी तत्काल विज्ञापन खोल्ने कार्य अघि बढाउने तयारीमा प्रदेश सरकार लागेको विज्ञ मल्ल अवगत गराउनुभयो । यो चालु आथिक वर्षमा सरकारले आमसञ्चार प्रतिष्ठान गठन प्रक्रियालाई समेत अघि बढाएको जनाउँदै उहाँले सरकार र सरोकारवाला सबै पक्षसँग समन्वयको भूमिकालाई प्रगाढ एवं प्रभावकारी बनाएर लैजान बताउनुभयो ।

एक फरक प्रसंगमा उहाँले नेकपा अन्तरसंघर्षको उत्कर्षमा पुगेकोले विभाजन पो हुने हो कि भन्ने चिन्ता तल्लोस्तरका नेता तथा कार्यकर्तामा बढेको जनाउनुभयो । भेटघाट कार्यक्रममा पत्रकारहरुले सरकारले सञ्चालन गर्ने नागरिक सरोकार र सार्वजनिक महत्वका सबै गतिविधिबारे प्रेस जगतलगायत सबै सरोकारवालासँग आवश्यक समन्वय गरेर अगाडि बढ्न समन्वय विज्ञमार्फत प्रदेश सरकारलाई सुझाएका थिए ।

प्रतिकृया दिनुहोस्