OnlinePana

आज : २०८१ बैशाख १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर १६, २०७७ सुर्खेत
८८७ पटक

१६ मंसिर २०७७, मंगलबार

मानव सेवा आश्रम कर्णाली प्रदेश स्थापना भएको दुई वर्ष पुगेको छ । कर्णाली प्रदेशलाई सहयोगापेक्षी सडक मानवरहित बनाउने उद्देश्यका साथ स्थापना भएको आश्रमले आज आर्थिक वर्ष २०७६÷०७७ वार्षिक प्रगति समीक्षा सम्पन्न गरेको छ ।

समीक्षा कार्यक्रममा आश्रमका प्रदेश संयोजक सृजना ओलीले मानव सेवा आश्रममा हालसम्मका सञ्चालित सेवाहरुको बारेमा बताउँदै आर्थिक वर्ष २०७६÷०७७ मा यहाँका विभिन्न जिल्लाका सहयोगापेक्षी ७७ सडक मानहरुको उद्धार गरिएको बताउनुभयो । “उद्धार गरिएका सडक मानवहरुमा ४८ जनालाई परिवारसँग पुनर्मिलन गराईएको छ,” संयोजक ओलीले भन्नुभयो, “४३ जना यही आश्रित छन् भने एकजनालाई अर्को शाखामा स्थानान्तरण गरिएको छ ।”

आश्रममा रहेका चार जनाको कालगतिले मृत्यु भएपछि नगरपालिकाको सहकार्यमा सतगत गरिएको उहाँले बताउनुभयो । विसं.२०७६ सालको माघ महिनादेखि कर्णाली प्रदेश सरकारले अभिभावकत्व दिईरहेको बताउँदै संयोजक ओलीले सहयोगापेक्षी सडक मानवरहित नेपालको पहिलो प्रदेशसम्म घोषणा हुन सफल भएको प्रदेशमा मानवसेवा आश्रमले ‘मानवता प्रवद्र्धनको महाअभियान’लाई अगाडि बढाएको जनाउनुभयो ।

उहाँले अगाडि भन्नुभयो, “खुला आकाशमुनि रात बिताउन विवश घर परिवारविहिन, परिवार तथा समाजबाट परित्येक्त, बेसहारा, अनाथ, असक्त, अपांग, असहाय एंव मनोरोगी तथा जीवन नै जोखिममा रहेका हरेक उमेर समुहका साहाराको आवश्यक भएका मानवहरुलाई तत्काल उद्दार, उपचार, पालनपोषण तथा उचित वातावरणको उपलब्ध गराउने सेवा हामीले निर्वाध दिईरहेका छौं ।”

मानवताको सन्देश दिने तथा जनजनमा मानवताको बिजारोपण गर्ने विभिन्न मानवता प्रवद्र्धनका कार्यक्रमहरु पनि प्रदेशभरि सञ्चालन गरिरहेको मानव सेवा आश्रम छोटो समयमा कर्णाली प्रदेशका सडक मानवहरुको जिउने आशाको केन्द्र बन्दै गएको छ ।

कार्यक्रममा बीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदीले मानव सेवा जस्तो संसारमा अरु कुनै पनि सेवा पवित्र नभएको बताउनुभयो । यो काम सजिलो नभएको तर्क गर्दै नगरप्रमुख सुवेदीले यो जटिल काम गर्न सफल मानव सेवा आश्रम परिवारलाई हार्दिक धन्यवाद दिनुभएको थियो । उहाँले नगरपालिकाले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने उहाँको भनाई थियो ।

संयोजक ओलीका अनुसार सेवा आश्रमले व्यक्ति तथा विभिन्न संस्थाको सहयोगमा आर्थिक वर्ष २०७६÷०७७मा रु.४५ लाख पाँच हजार ३५ आम्दानी गरेकोमा आश्रममा आश्रित सबै सडक मानवहरुको उचित व्यवस्थापनमा खर्च भएको र केही ठाउँमा तिर्न बाँकी रहेकोले हाल बैंकमा रु.छ लाख ९० हजार १४ मौज्दात छ । स्थापना कालदेखि हालसम्म २०० सडक मानवहरुलाई आश्रय दिएर धेरैलाई परिवारको पुनर्मिलन गराईएको उक्त संस्थाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्