कोरपाटी संवाददाताभाद्र ३, २०८३सुर्खेत
५७ पटक

३ भदौ २०८३, बुधबार
सुर्खेतः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीले आज विश्वासको मत लिने हुनुभएको छ ।
कर्णाली प्रदेशसभामा सोमबार पत्र दर्ता गराईसक्नुभएका शाहीले आजको बस्ने बैठकबाट विश्वासको मत लिनुहुनु भएको हो । नेकपा एमालेको समर्थनमा शाही साउन १२ गते कर्णाली प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
दुई दलबीचको मन्त्रालय बाँडफाँडमा केही ढिलाई भएका कारण मन्त्रिपरिषद् विस्तार हुन नसकेको र विश्वासको मत लिएपश्चात् मन्त्रिपरिषद् विस्तार गरिने मुख्यमन्त्री शाहीले राससलाई जानकारी दिनुभयो । कुल ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) १४ र नेकपा एमालेका १० प्रदेशसभा सदस्य रहेका छन् ।






