OnlinePana

आज : २०८३ साउन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २२, २०८३काठमाडौं
५ पटक

२२ साउन २०८३, शुक्रबार

सुर्खेतः नागरिकको चुलोसँग जोडिएको खाना पकाउने एलपी ग्याँस अभावबारे सुर्खेतका राजनीतिक दलहरुले संयुक्तरुपमा संघीय सरकारको ध्यानाकर्षण गराएका छन् ।

खाना पकाउन एलपी ग्याँस लिनकै लागि दुई सातादेखि लाइनमा बसेर सास्ती भोग्दै आएका यहाँका नागरिकहरुको पीडा सम्बोधनका लागि संघीय सरकारको ध्यानार्षण गराएका हुन् । नागरिकको बसोबास धेरै हुने कर्णाली प्रदेशको प्रशासनिक, शैक्षिक, स्वास्थ्य र व्यापारिक केन्द्रमा ग्याँस अभाव हुँदै जाँदा जनजीवन अस्तव्यस्त भएको भन्दै सुर्खेतका सात दलले शुक्रबार संयुक्तरुपमा जिल्ला प्रशासन कार्यालय सुर्खेतमार्फत प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराएका छन् ।

सात दलको साझा सहमतिमा सुर्खेतमा ग्याँस अभावको वास्तविक कारण तत्काल सार्वजनिक गर्न, उपलब्ध ग्याँस उपभोक्तासम्म पुगेको पारदर्शी विवरण राख्न, सम्बद्ध सरोकारवालाहरु सम्मिलित प्रभावकारी अनुगमन संयन्त्र बनाउन र सुर्खेतमा तत्काल कृषि मलको आपूर्ति गर्न माग राख्दै संघीय सरकारको ध्यानाकर्षण गरिएको नेकपा (माओवादी) सुर्खेत जिल्लाका सेक्रेटरी धर्मराज देवकोटाले जानकारी दिनुभयो ।

उक्त ध्यानाकर्षण बुझाउने कार्यक्रममा नेपाली काँग्रेस उपसभापति टोपबहादुर रावत, नेकपा एमालेका जिल्ला अध्यक्ष कुलमणि देवकोटा, नेपाली कम्युनिष्ट पार्टी जिल्ला संयोजक जीतबहादुर राना, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला उपाध्यक्ष छत्रपति थापा, राष्ट्रिय जनमोर्चाका सचिव विष्णुप्रसाद शर्मा, नेकपा माओवादीका सेक्रेटरी धर्मराज देवकोटा र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका सेक्रेटरी रत्न वलीको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्