OnlinePana

आज : २०८३ साउन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन १३, २०८३सुर्खेत
३४ पटक

१३ साउन २०८३, बुधबार

सुर्खेतः कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

कर्णाली प्रदेश प्रमुखको कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित शपथ ग्रहण समारोहमा मुख्यमन्त्री शाहीले प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो । प्रदेश प्रमुख जोशीले नेपालको संविधानको धारा १७२ बमोजिम मुख्यमन्त्री शाहीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

उहाँ नेकपा एमालेको समर्थनमा मंगलबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री शाहीले आजै पदभार ग्रहण गर्नुभएको छ । उक्त समारोहमा कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङ, पूर्व मुख्यमन्त्रीत्रय यामलाल कँडेल, जीवनबहादुर शाही, राजकुमार शर्मा, उपसभामुख यशोदा न्यौपाने, उच्च अदालत सुर्खेतका मुख्य न्यायधीश हरिप्रसाद भण्डारी, प्रदेशसभाका सदस्यहरु, प्रमुख सचिव, प्रदेश सचिव तथा सुरक्षा निकायका प्रमुखहरुको सहभागगिता रहेको थियो ।

 

प्रतिकृया दिनुहोस्