OnlinePana

आज : २०८३ साउन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन १३, २०८३काठमाडौं
३१ पटक

१३ साउन २०८३, बुधबार

कर्णाली राजमार्गको कालीकोट जुम्ला सडक खण्डमा पर्ने सेराबाडामा आज सुख्खा पहिरोसहित विशाल ढुंगा खस्दा सडक अवरुद्ध भएको छ ।

खाँडाचक्र नगरपालिका ८ कालीकोट सेराबाडास्थित माथिबाट खसेको पहिरो र ढुंगाले सडक बन्द गरेपछि गाडी आवातजावत पूर्णरुपले बन्द भएको जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले जानकारी दिनुभयो । सानो मेसिनले ढुंगा फुटाल्न नसक्ने स्थिति भएपछि सडक डिभिजन कार्यालय जुम्लासँग समन्वय गरेर ठूलो एक्साभेटर मगाएको उहाँले बताउनुभयो ।

रासससँग कुरा गर्दै प्रजिअ भट्टराईले भन्नुभयो, “सडक डिभिजन कार्यालय जुम्लाको कालीकोटको टिमुरे भीरमा तयारी अवस्थामा राखिएको एक्साभेटर आउँदैछ । तीन बजेसम्म पुगिसक्छ । ढुंगा फुटाल्छौं र सडकको पहिरो पन्छाएर आजै सडक सुचारु गछौं ।” यात्रुको कठिनाईलाई बुझेर जतिसक्दो छिटो सडक खोल्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

तस्बिर : सामाजिक सञ्जाल ।

 

प्रतिकृया दिनुहोस्