OnlinePana

आज : २०८३ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन १२, २०८३सुर्खेत
३६ पटक

१२ साउन २०८३, मंगलबार

सुर्खेतः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा दल नेता मंगलबहादुर शाहीले कर्णाली प्रदेशको मुख्यमन्त्री पदमा दावी पेश गर्नुभएको छ ।

नेकपा एमालेको समर्थतनमा आज कर्णाली प्रदेश प्रमुखको कार्यालय सुर्खेतमा पुगेर नेता शाहीले मुख्यमन्त्री पदमा दावी पेश गर्नुभएको हो । नेता शाहीले आज दावी पेश गरेपनि प्रदेश प्रमुख यज्ञराज जोशीले उहाँलाई बैठकको छलफलपछि भोलि नियुक्ति दिनुहुने प्रदेश प्रमुखको कार्यालय सुर्खेतका सूचना अधिकारी मनमाया काउचाले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त दावी पेश गर्ने कार्यक्रममा नेकपा एमालेका प्रमुख सचेतक टेकराज पछाई उपस्थित हुनुभएको थियो । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच साउन ९ गते सत्ता समीकरणका लागि राष्ट्रिय सहमति भएसँगै कर्णाली सरकारको नेतृत्व गर्ने जिम्मा नेकपालाई परेको थियो । हाल कर्णाली प्रदेशसभाका ४० प्रदेशसभा सदस्य मध्ये १४ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र १० नेकपा एमालेका प्रदेशसभा सदस्य रहेका छन् ।

 

प्रतिकृया दिनुहोस्