OnlinePana

आज : २०८३ आषाढ २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २६, २०८३जुम्ला,
३८ पटक

नेत्र शाही/जुम्ला,
असार २६ गते । यहाँको चन्दननाथ नगरपालिका वडा नम्बर ५ ले आर्थिक वर्ष २०८२÷०८३ को सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ ।
वडा पािलकाले यस बर्ष भएका कामको प्रगिति प्रतिवेदन सार्वजनिक गरेको हो । वडापालिकाले सञ्चालन गरेका मुख्य प्रगति, योजना, बजेट खर्च र सेवा प्रवाहबारे जानकारी गराउँदै सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको हो ।

वडापालिकाले आयोजना गरेको सुनुवाई कार्यक्रममा वडा सचिव प्रेमानन्द न्यौपानेले बार्षिक प्रगति सार्वजनिक गर्नु भएको छ । उहाँले वडा नम्बर ५ का नागरिकको निशुल्क स्वास्थ्य वीमा, अग्नि नियन्त्रण मेसिन मर्मत, कम्प्युटिर शिक्षण सिकाई कार्यक्रम, लागु औषध विषयमा सड्क नाटक, ज्येष्ठ नागरिक, एकल महिला सचेतना कार्यक्रम, वडापालिकाको भिडियो डकुमेन्ट्री सहित विभिन्न कार्यक्रमहरु गरिएको छ ।

वडाध्यक्ष विर्खबहादुर कार्कीले वडापालिकाले वडाका सवै नागरिकको स्वास्थ्य वीमा गरेपछि सहज भएको बताउनु भयो । उहाँले २४५ घरधुरीका एक हजार दुईसय २९ जना वडाका नागरिक स्वास्थ्य वीमाको पहुँचमा रहेका जानकारी दिनुभयो ।
वडा सदस्य लक्ष्मी श्रेष्ठले स्वागत मन्तव्य राख्दै सार्वजनिक सुनुवाइ नागरिकलाई आफ्नो वडाको विकास, बजेट तथा सेवा प्रवाहबारे जानकारी दिने र जनप्रतिनिधिलाई थप उत्तरदायी बनाउने माध्यम भएको बताउनुभयो ।

सार्वजनिक सुनुवाईमा सरोकारवाला निकायले सुझाव दिएका छन् । ज्येष्ठ नागरिक धनमाया कठायतले ज्येष्ठ नागरिकमैत्री कार्यक्रमलाई निरन्तरता दिन आग्रह गनुभयो । नगरपालिकाको केन्द्रमा रहेको वडा नं. ५ ले आवश्यकता अनुसार बजेट प्राप्त गर्न नसकेको गुनासो गर्दै आफ्नो अधिकारका लागि नागरिकहरू एकजुट भएर आवाज उठाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । जनताको साथ र सहयोगबिना वडा अध्यक्ष एक्लैले सबै काम सम्पन्न गर्न नसक्ने बताउनुभयो ।

वडाले सार्वजनिक गरेको विवरणअनुसार स्वास्थ्य बीमा कार्यक्रमका लागि विनियोजित ९ लाख ५० हजार रुपैयाँमध्ये ९ लाख ४५ हजार रुपैयाँ खर्च भएको छ । कम्प्युटर शिक्षण–सिकाइ कार्यक्रममा ४५ जनाले डिप्लोमा तालिम प्राप्त गरेका छन् ।

सार्वजनिक सुनुवाईका लागि वडावासी तथा सरोकारवाला निकायले धन्यवाद दिएका छन् । सहभागी स्थानीयवासीले विकास निर्माणका कामलाई अझ पारदर्शी, गुणस्तरीय र नागरिकमैत्री बनाउन सुझाव दिएका छन् । स्थानीय आनन्द अधिकारीले वडामा आएको बजेट अनुसारको काम अनुसार छर्लङ भएको बताउनु भयो । नेपाल पत्रकार महासंघ शाखा जुम्लाका पुर्व अध्यक्ष नेत्रबहादुर शाहीले नगरपालिकाका वडामा हरेक बर्ष सार्वजनिक सुनुवाई गर्दै आएकोमा धन्यवाद दिदै नगरका नागरिकको स्वास्थ्यवीमा कार्यक्रम प्रभावकारी भएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्