OnlinePana

आज : २०८२ फागुन ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन ५, २०८२
१४ पटक

५ माघ २०८२ मंगलबार

सुर्खेतः जिल्ला प्रहरी कार्यालय सुर्खेतले चेकजाँचका क्रममा कारवाहीमा परेका यातायात सवारीबाट रु.नौ लाख ३९ हजार राजस्व संकलन गरेको छ ।

माघ महिनामा मात्र एक हजार २२ सवारी कारवाही गर्दा रु.नौ लाख ३९ हजार पाँच सय राजश्व संकलन भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ममोहनजंग बुढ्थापाले जानकारी दिनुभयो । उहाँका अनुसार माघ महिनाभर सुर्खेतमा ७३ वटा सवारी साधनहरू दुर्घटनामा परेका छन् ।

कारवाहीमा परेका सवारी साधनहरुमा १३ जीप, पाँच ट्रयाक्टर, १० टेम्पो, ३५ मोटरसाइकल, आठ माइक्रो बसलगायत टिप्पर रहेको बताउँदै प्रवक्ता बुढ्थापाले ती दुर्घटनामा परी दुई पुरुष र तीन महिला गरी पाँच जनाले ज्यान गुमाएको उहाँले बताउनुभयो ।

दुर्घटनामा २३ गम्भीर घाइते र ६१ ज्ना सामान्य घाइते छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले घरेलु, महिला तथा लैंगिक हिंसा, बाल तथा बहुबिबाह न्यूनीकरण, मानव बेचबिखनलगायत एक सय १३ कार्यक्रम गर्दा तीन हजार छ सय ३८ नागरिक लाभान्वित भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्