OnlinePana

आज : २०८२ आश्विन २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आश्विन ६, २०८२
५५ पटक

६ असोज २०८२, सोमबार

सुर्खेतः ट्रकको ठक्करबाट सुर्खेतमा एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । पहिचान नखुलेका चालकको आज करिब १ः०० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाका अनुसार भेरीगंगा नगरपालिका १२ सुर्खेतमा पर्ने रत्न राजमार्गअन्तरगत छिन्चु–धुलियाबिट सडक खण्डको पाडुलेमा ना.५.ख ५६०८ नम्बरको ट्रकले वीरेन्द्रनगरतर्फ आइरहेको लुम्बिनी प्रदेश ०३–००१ प ३६३१ नम्बरको बुलेट मोटरसाइकललाई ठक्कर दिएको थियो । नाम नखुलेका करिब २२ वर्षीय घाईते चालकको उपचारको क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको उहाँले बताउनुभयो ।

मृतक चालकसँगै मोटरसाइकलमा पछाडि सवार पञ्चदेवल विनायक नगरपालिका ४ अछामका १९ वर्षीय दमन शाही पनि घाइते भएका छन् । घाईते शाहीको माया मेडिकलहल छिन्चुमा उपचार भईरहेको र अवस्था गम्भीर रहेको प्रवक्ता बुढ्थापाले बताउनुभयो । ठक्कर दिने ट्रकसहित २७ वर्षीय चालक ईश्वर मस्र्याङ्गीलाई नियन्त्रणमा लिएर अनुसन्धान भईहरको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्