OnlinePana

आज : २०८२ आषाढ १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जेठ ३२, २०८२
११ पटक

३१ जेठ २०८२, शनिबार

टिबी शाह स्मृति यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो उपाधि मधेश प्रदेश प्रदेशले हात पारेको छ ।

सुर्खेत वीरेन्द्रनगरमा सञ्चालन भएको १६ वर्षमुनिको टि.बी.शाह स्मृति प्रथम राष्ट्रिय क्रिकेट प्रतियोगिताको समूह चरणमा व्यहोरेको हारको बदला लिँदै मधेश प्रदेशले पहिलो ऐतिहासिक उपाधि जित्न सफल भएको छ । कालुङचोक मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा बागमतीलाई ७ विकेटले हराउँदै मधेशले समूह चरणमा बागमतीसँग व्यहोरेको ३७ रनको बदलासँगै उपाधि पनि जित्न सफल भएको हो ।

टस हारेपनि पहिला ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरको खेलमा जम्मा ३३ ओभर मात्र खेल्दा आप्mनो सबै दश विकेट गुमाउँदै एक सय १२ को सामान्य स्कोर बनायो । उसका लागि ओपनरद्वय सूर्यांशु कोईरालाले ७ बलमा १० जोड्दा राजीव कोइरालाबाट क्याच आउट भएपछि ४० बल खेलेका प्रशिद्ध जैसी २५ रन बनाउँदै रोहन यादवबाट रन आउट हुनुभयो ।

परिमर्जन यादवको बलमा सन्तु मण्डललाई क्याच थमाउँदै तेश्रो नम्बरका ब्याटर जोय थापा ६ रन जोडेर डगआउट फर्किदां सलमान अलि मुसलमानबाट बोल्ड हुँदै चौथो नम्बरका शिवशक्ति महतो जम्मा २ रनमा आउट हुनुभएको थियो । २३ बलमा ४ रन जोडेका अभि थपलिया सलमानको बलमा सन्तु मण्डलबाट क्याच आउट भएपछि धर्मराएको बागमतीको पारीलाई मिडल अर्डरका रोहित ठाकुरले ४६ बलमा २२ तथा आशीष गुप्ताले १७ रन जोड्दै सम्हाल्ने प्रयास गर्नुभयो ।

रोहन यादवले रोहितलाई एलबीडब्ल्यू तथा आशिषलाई बोल्ड गर्दै पवेलियन फर्काएपछि बागमतीका ब्याटिङ लाईनपनि खस्किदैं गयो । त्यसपछिका ब्याटरमध्ये राजेश बोहोरा १ तथा कमल शाहीले नटआउट ४ रन जोडेपनि शुशील सावद र आशिक थापा रित्तो हात डगआउट फर्किन बाध्य हुँदा बागमतीले २१ रन अतिरिक्त पायो ।

जवाफी ब्याटिङमा उत्रिएको मधेशका लागि उपाधि दिलाउने पिल्लरका रुपमा रहेका ओपनर आयान मुखियाले ३३ बलको सामना गर्दै नटआउट २२ तथा पाँचौ अर्डरका सन्तु मण्डलले २२ बलमा ४३ रनको महत्वपूर्ण योगदान दिनुभयो । आयानसँगै ओपनिङमा आएका सुशान्त सिंह १५ बलमा १२ रन बनाएको अवस्थामा प्रशिद्ध झाको बलमा टपेन्द्र विष्टलाई क्याच थमाउँदै डगआउट फर्किएपछि परिमर्जन यादव पनि ४ रन मात्र जोड्दा प्रशिद्धकै धरापमा पर्नुभयो । लगत्तै माहि यादवपनि जम्मा ४ रनको स्कोरमा आउट भएपछि पारी सम्हालेका सन्तुले टिमलाई जीतसम्म पु¥याउनुभयो ।

कर्णालीमा पहिलो पटक सम्पन्न क्रिकेटको राष्ट्रिय प्रतियोगिताको प्रथम हुने मधेश प्रदेशलाई नेपाली काँग्रेस कर्णाली प्रदेशसभा दलका नेता तथा पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले रु.एक लाख २५ हजार राशीको पुरस्कार प्रदान गर्नुभयो । उक्त प्रतियोगितामा ‘प्लेयर अफ द फाइनल’ मधेश प्रदेशका रोहन यादव, ‘बेस्ट बलर‘ मधेश प्रदेशकै अभय यादव, ‘बेस्ट ब्याटर‘ र ‘प्लेयर अफ द टुर्नामेन्ट‘ लुम्बिनी प्रदेशका रौनक श्रीवास्तव हुनुभएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को मुख्य आयोजना, कर्णाली प्रादेशिक क्रिकेट संघको सहआयोजना तथा सुर्खेत जिल्ला क्रिकेट संघको व्यवस्थापनमा खेल सम्पन्न भएको कर्णाली प्रादेशिक क्रिकेट संघका अध्यक्ष पदमबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार जेठ १९ गतेदेखि वीरेन्द्रनगरमा सञ्चालित प्रतियोगितामा सात वटा प्रदेशका टोलीहरुको सहभागिता रहेको थियो ।

 

प्रतिकृया दिनुहोस्