OnlinePana

आज : २०८२ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख ७, २०८२
७२ पटक

वैशाख ७ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको निमित्त उपकुलपतिमा डाक्टर डवलबहादुर धामीलाई निमित्त उपकुलपतिमा डाक्टर धामीलाई जिम्मेवारी तोकिएको छ ।

कर्णाली प्रतिष्ठानका अनुसार प्रतिष्ठानका शिक्षाध्यक्ष धामीलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिईएको हो । प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृतबहादुर भण्डारीका अनुसार नेपाल सरकारका प्रधानमन्त्री तथा कुलपति केपी शर्माओलीको मिति २०८१ साल वैशाख ४ गतेको निर्णयले निमित्त उपकुलपतिको जिम्मेवारी दिईएको हो ।

उपकुलपति डाक्टर मंगल रावलको ४ बर्षे कालकालको कार्यअवधि सकिएको र नयाँ उपकुलपतिको प्रक्रिया शुरु हुन थालिरहेको अवस्थामा सरकारले निमित्त उपकुलपतिको जिम्मेवारी डाक्टर धामीलाई दिईएको छ । उपकुलपति डाक्टर मंगल रावलको चैत २२ गते कार्यअवधि सकिएको र अहिले निमित्त उपकुलपति प्रतिष्ठानका शिक्षाध्यक्ष धामीलाई जिम्मेवारी दिईएको छ । वि.सं २०७९ साल असारमा शिक्षाध्यक्ष पदमा नियूक्त भएका धामीलाई सरकारले अहिले प्रतिष्ठानका निमित्त उपकुलपति नवनियूक्त गरेको हो ।

 

 

प्रतिकृया दिनुहोस्