OnlinePana

आज : २०८३ जेठ १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर २३, २०८१सुर्खेत,
८७१ पटक

 २३ मंसिर २०१८, आईतबार

मार्सी ब्वाईज फुटसल टोली सुर्खेतले जुम्ली फुटबल खलाडीलाई सुर्खेतमा स्वागत गरेको छ ।

कर्णाली प्रदेश फुटबल संघको आयोजनामा यही मंसिर २५–२७ गतेसम्म प्रदेश रंगशालामा सञ्चालन हुने प्रदेश लिग फुटबल प्रतियोगितामा सहभागी हुन सुर्खेत पुगेका जुम्ली खेलाडी उक्त टोलीले स्वागत गरेको हो ।

जुम्ला जिल्ला लिग २०८१ को खेलमा विजयी विनायक एकीकृत क्लब चन्दननाथ ४ मालाभिडका खेलाडी र अफिसियलसहित समग्र जुम्ला जिल्लाको प्रतिनिधित्व गर्दै उनीहरु यही मंसिर २१ गते सुर्खेत आईपुगेका छन् ।

खेलाडीहरुमा उत्साह र हौसला बढाउन र उत्प्रेरणामूलक संस्कृतिको विकास गर्न खेलाडीहरुलाई स्वागत तथा सम्मान गरिएको मार्सी ब्वाईज फुटसल टोली प्रमुख भरत रावतले जानकारी दिनुभयो ।

प्रमुख रावतसहित ई.बीरेन्द्र बुढथापालगायत कार्यसमितिका पदाधिकारीहरुले स्वागत गर्दै उक्त प्रतियोगितामा उच्च मनोबलका साथ खेल प्रदर्शन गर्न खेलाडीहरुलाई सुझाएका छन् ।

प्रतियोगिता कर्णाली प्रदेश राजधानी सुर्खेतस्थित नवनिर्मित प्रदेश रङ्गशालामा हुने जुम्ला जिल्ला फुटबल संघका महासचिव दीपेन्द्रविक्रम हमालले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्