चैत ५ गते । पाँचौ जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिता २०८१ वैशाख १ गते हुने भएको छ । आयोजक कर्णाली स्पोर्ट क्लबले जुम्लामा पत्रकार भेटघाट गरेर नयाँ बर्षको शुरुवाति दिन १ गते प्रतियोगिता गर्ने जानकारी दिएको छ ।
क्लवका अध्यक्ष सरोज शाहीले पत्रकार भेटघाटमा वैशाख १ मा ४९ किलोमिटरको जुम्ला–रारा प्रतियोगिता गरिने जानकारी दिनुभयो । शाहीले पत्रकार भेटघाटमा प्रतियोगिताका लागि विभिन्न तहका एक हजार जना सहभागी गराउने लक्ष्य रहेको छ । यस अवसरमा विभिन्न ४४ जना धावकहरुलाई नगद तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
उक्त प्रतियोगिताका वारे जानकारी कर्णाली स्पोर्ट क्लबको वेवसाईटwww.karnalisports.com मा पाउन सकिन्छ । अनलाईन मार्फत दर्ता गर्ने र क्यू आर तथा ईसेवा बाट दर्ता शुल्क भुक्तानी गर्न सकिने छ । पाँचौ जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगितामा नेपाल सहित विभिन्न देशका खेलाडिहरुले सहभागि हुन क्लबले आवहन गरेको छ । उक्त प्रतियोगितामा सहभागि हुने सार्क राष्ट्रका खेलाडिका लागि रु १५ हजार पाँचसय, अन्य देशका लागि रु १६ हजार, नेपाली धावकका लागि रु ७ हजार, स्थानीय धावकका लागि रु ५ हजार दर्ता शुल्क लाग्ने छ ।
यसैगरी ५ किमी खुला तर्फ रु पाँच सय, ५ किमी कर्मचारी तर्फ रु पाँच सय, ५ किमी उद्योगी व्यापारी तर्फ रु पाँच सय शुल्क लाग्ने छ । ५ किमी १६ बर्ष मुनिका विद्यार्थी, १ किमी बालबालिका तर्फ १० बर्ष मुनि निशुल्क र १ किमी ज्येष्ठ नागरिक तर्फ निशुल्क सहभागी हुन पाईने छ ।
नेपालकै प्रतिष्ठाको रुपमा रहेको सो प्रतियोगितामा खुला ४९ किमी प्रथम हुने पुरुष र महिला खेलाडिका लागि रु एक लाख नगद पुरस्कार रहेको छ । यसैगरी द्धितीय ७५ हजार, तृतीय ५० हजार पुरस्कार रहेको छ । प्रतियोगितमा व्यवस्थापन खर्च आयोजकले व्यहोर्ने बताएको छ ।
पत्रकार भेटघाटमा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले कर्णालीको सानको रुपमा रहेको यो प्रतियोगिताका सफल बनाउन सवै लाग्नुपर्ने बताउनुभयो । प्रतियोगिता जुम्ला खलंगा बजार चन्दननाथ भैरव नाथ मन्दिरको आगन खलंगाबजार बाट शुरु भई मुगु रारातालको हुटु क्षेत्रमा अन्त्य हुने गर्दछ । यस अघि नेपालका विभिन्न भागमा वेलायत, नेदरल्याण्ड, भारत, ईटाली, अमेरिकाबाट समेत खेलाडी सहभागि भएका थिए ।
कोरपाटी संवाददाताचैत्र ५, २०८०जुम्ला,
३६८ पटक
- थेल्स, टेस्ला र नरेश
- सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धीको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन जुम्लामा हुँदै
- ज्येष्ठ र अपाङ्गता पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री
- सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा ‘जुम्ला घोषणापत्र’ जारी
- कर्णालीमा ‘औद्योगिक प्रदर्शनी प्रतियोगिता’ भोलिदेखि
- लोकतन्त्रको विकासमा प्रेसजगत्को अहम् भूमिकाः मुख्यमन्त्री कँडेल
- औद्योगिक प्रदर्शनी प्रतियोगितामा राडीपाखी उद्योग प्रथम
- अब हाम्रो अभिभारा जनताको अवस्था बदल्नेः मुख्यमन्त्री
- नेपालको आर्थिक समृद्धिको ढोका दैलेखबाट खुल्छः मन्त्री भण्डारी
- मप विश्वविद्यालयलाई प्रतिस्पर्धी बनाउछौंः उपकुलपति गौतम