OnlinePana

आज : २०८३ जेठ ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन १९, २०८०जुम्ला,
१०३७ पटक

फागुन १९ गते । जुम्लामा भू तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लाको भवन शिलान्यास गरिएको छ । कर्णाली प्रदेश सरकारका पर्यटन, वन तथा बातावरण मन्त्री कृष्णबहादुर विसीले भवन सिलान्यास गर्नु भएको छ ।

कर्णाली प्रदेश सरकार उद्योग, वन तथा वातावरण मन्त्रालयको सहयोग तथा सघन सहरी विकास तथा भवन डिभिजन आयोजना जुम्लाको सहयोगमा जम्मा रु एक करोड ९५ लाखको लागतमा ठेक्का सम्झौत भई काम शुरु गरिएको कार्यालय प्रमुख हिमालय साउथले जानकारी दिनुभयो । प्रदेश सरकारको बहुवर्षिय कार्यक्रम अन्तरगत उक्त भवननिर्माण भएपछि कार्यालयको काम गर्न सजिलो हुने भएको छ । उक्त भवन निर्माण कार्य भिजन निर्माण सेवा जुम्लाले लिएको छ । कार्यक्रममा विभागिय मन्त्री कृष्ण कुमार वि सि, प्रदेश सांसद देवेन्द्रबहादुर शाही, प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरे लगायतको सहभागिता भएको थियो ।

प्रतिकृया दिनुहोस्