OnlinePana

आज : २०८१ मंसिर ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक १८, २०८०सुर्खेत
१८७ पटक

 

१८ कार्तिक २०८०, शनिबार

गए राति जाजरकोटको रामीडाँडा नजिक केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्यूडको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिम गरी एक सय ३८ जनाको मृत्यु भएको छ ।

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार गए रातिको भूकम्पबाट जाजरकोटमा ६९ महिला र ३० पुरुष गरी ९९ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, रुकुमपश्चिममा १९ पुरुष र १९ महिला गरी ३८ जनाको ज्यान गएको कानूनमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता कृष्णबहादुर जिसीले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार अहिलेसम्मको तथ्याङ्कलाई आधार मान्दा भूकम्पबाट ८१ जना जाजरकोट, ७२ रुकुमपश्चिम, जुम्ला र दैलेखमा तीन÷तीन र एक सल्यान गरी एक सय ६० जना घाईते भएका छन् । उनीहरुको जाजरकोट, रुकुमपश्चिम, सुर्खेत र बाके जिल्लाका अस्पतालहरुमा उपचार भइरहेको प्रदेश सरकारले जनाएको छ ।

जाजरकोट घटनास्थल रुकुमपश्चिमको आठबीसकोट नगरपालिकामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पूर्वगृहमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री शक्ति बस्नेत, र कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा पुगेर मृतकका परिवार र घाइतेहरुलाई भेट्नुभएको छ । भेटमा प्रधानमन्त्रीसहित मुख्यमन्त्रीले भूकम्पबाट प्रभावितको खोज उद्धार, घाइतेहरुको उपचार तथा प्रभावित परिवारहरुलाई राहत दिन सरकार सक्रिय रहेको बताउनुभएको छ । शुरबहादुर सिंह

प्रतिकृया दिनुहोस्