OnlinePana

आज : २०८३ जेठ २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ १३, २०७९सुर्खेत
५७१ पटक

१३ माघ २०७९, शुक्रबार

कर्णाली प्रदेशका नवनियुक्त आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले आमसञ्चार प्रतिष्ठान अगाडि बढ्ने बताउनुभएको छ ।

प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य स्व.त्रिभुवन पौडेलको १३औं दिनको पूण्य तिथिको अवसरमा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा दिवंगत पौडेलको आत्माको चिरशान्तिको कामना गर्दै उहाँको सपना र बाटोलाई अँगालेर जान पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

सो क्रममा उहाँले अहिलेसम्म रोकिएको आमसञ्चार प्रतिष्ठानको काम अगाडि बढ्ने, घाईतेहरुको लागि निःशुल्क बीमा र संरक्षण कोष खडा हुने बताउनुभयो । त्यस्तै, अहिलेको प्रविधि उपयोग गरी प्रदेशस्तरीय सुरक्षा योजना निर्माण गरिने उहाँले जनाउनुभयो । कानूनमन्त्री जिसीका अनुसार प्राकृतिक विपत्तिका कारण मानवीय क्षति हुन नदिन विपद व्यवस्थापनका लागि मन्त्रालयले कार्ययोजना बनाउनेछ ।

प्रतिकृया दिनुहोस्